Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार नेपालीका परिवार असुरक्षित

Published on 9:27:00 PM //


प्रेम सुनार
गुल्मी, २३ असोज । केहीदिन अघि रहस्यमय रुपमा मृत्यू भएका गुल्मी मर्भुङ्गका पत्रकार चन्दन नेपालीका परीवारजनले आफूहरु असुरक्षित भएको गुनासो गरेका छन् । प्रहरीले अनुसन्धानका लागी स्थानिय केही यूवाहरुलाई नियन्त्रणमा लिएर छानविन गर्न शुरु गरेपछि ति युवाका आफन्त र परीवारबाट आफूहरु असुरक्षित हुनु परेको चन्दनका भाई खड्क नेपालीले गुनासो गर्नुभयो ।
रातको समयमा घरमा आउने, निगरानी गर्ने् र बाटोघाटोमा पनि धम्कीको भाषा प्रयोग गर्न थालेपछि दाजुको मृत्यूको सत्यतथ्य पत्ता लगाउन असर पर्ने उहाँको भनाई छ । ‘दाजुको मृत्यूको रहस्य पत्ता लगाउन प्रभाव पार्ने उद्धेस्यले हामीलाई डर त्रास दिने काम भएको छ – उहाँले भन्नुभयो – यसबारे समयमै सञ्चारकर्मी र मानवअधिकारकर्मीले पनि पहल गरीदिनुप¥यो ।’
श्रोतका अनुसार सिमलटारी प्रहरी चौकीले स्थानिय ४ जना यूवाहरुलाई सोधपुछका लागी चौकीमा बोलाउँदा पनि उनीहरुले अटेरी गर्ने र माथील्लो निकायको धम्की दिने गरेका छन् ।
पत्रकार नेपाली भाद्र २४ गते घरबाट हिँडी २६ गते विहान मर्भुङको गैरे भिरमा मृत अबस्थामा फेला परेका थिए । उनलाई खोजी गर्ने क्रममा २ दिनसम्म कुनै संकेत नभेटीएको र ३ दिन पछि मात्रै बाटोको छेउमा मोवाईल जस्ताको तस्तै भेटीनुले परीवारजनले हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग