Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा घाँटी रेटिएको अवस्थामा एक ब्याक्ती मृत फेला, दुई पक्राउ

Published on 8:23:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १५ असोज । गुल्मीको सदरमुकाम तम्घासमा आज एक व्यक्ति घाँटी रेटिएको स्थितिमा मृत अवस्थामा फेला परेका छन् । यसरी फेला पर्नेमा गुल्मी पुर्कोटदह गाविस निवासी हाल तम्घासमा अस्थाई रुपमा वासोवास गरि आरन पेशा संचालन गर्दै आईरहेका ४३ वर्षीय डल्लेकामी भन्ने जनक विश्वकर्मा रहेका छन् । उनलाई आज अपरान्ह तम्घास स्थित चारीखोला नजिकै रहेको आफ्नै डेरामा घाटी रेटिएको स्थितिमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । विश्वकर्मा केही दिनदेखि एक्लै डेरामा वस्दै आए थिए । स्थानीयवासीले खोज्ने क्रममा विश्वकर्मालाई कोठामा चुक्कुल लगाएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा उनलाई गएराती नै कसैले हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले लगाएको छ । हत्याको अभियोगमा प्रहरीले आजै दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा गुल्मी घमिर गाविस निवासी ४५ वर्षीय डण्डपाणी लम्साल र गुल्मी पुर्कोटदह गाविस १ निवासी ३६ वर्षीय जीवलाल घर्ति रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शवलाई पोष्ट्मार्टमको लागि अहिले जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग