Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकैपटक तीनसय विद्यालय अनुगमन

Published on 8:18:00 PM //

प्रेम सुनार
गुल्मी, असोज १५ । विद्यालयमा लामोसमयदेखि देखिएका विसंगती अन्त्य गर्नको लागी जिल्ला शिक्षा कार्यालय गुल्मीले एकैपटक तीन सय विद्यालयको अनुगमन गरेको छ । साताव्यापी अनुगमन कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न गाविसका तीन सय वढि विद्यालयको अनुगमन गरेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागी करोडाँै रकम विनियोजन भएपनि लागत अनुसार प्रतिफल नभएकाले अनुगमन शुरु गरिएको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो ।
जिल्लाभर रहेका २१ वटै श्रोतकेन्द्र अन्तर्गत पर्ने विद्यालयहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कतिपय विद्यालय सुधार योजना, निरन्तर विद्यार्थी मूल्याङ्कन अभिलेख, शैक्षिक योजना, वार्षिक कार्ययोजना र सामाजिक परिक्षण नगरिएको पाईएको जिल्ला शिक्षा कार्यालयका उपसचिव भोज वहादुर केसीले जानकारी दिनुभयो । विद्यालय तहसम्म अनुगमन पुग्न नसकेको गुनासो आएकाले अभियानै चलाएर विद्यालय अनुगमन गरेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयको अनुगमन टोली २० औँ वर्षसम्म पनि निरिक्षण हुन नसकेका कतिपय विद्यालयमा पुगेको थियो । विभिन्न कारणले गर्दा नियमति हुन नसकेको विद्यालय अनुगमन तथा निरीक्षण प्रकृयालाई पुसवाट नियमति रुपमा अगाडि वढाउने जिशिअ अर्यालले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयका कर्मचारी, विद्यालय निरीक्षक र स्रोतव्यक्तिको टोलीले जिल्लाका विभिन्न स्थानका विद्यालयको अनुगमन गरेको हो । गुल्मी जिल्लाभर सरकारी तथा निजी गरी ५ सय ५८ विद्यालहरु रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग