Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आशा भोषलेकी छोरीले गोली हानेर आत्महत्या गरिन् (भिडियो समाचार सहित)

Published on 5:21:00 PM //

एजेन्सी, आश्विन २२ । चर्चित भारतीय पाश्र्वगायिका आशा भोषलेकी छोरीले गोली हानेर आत्महत्या गरेकी छिन् । भोषलेकी छोरी वर्षा भोषलेले आज करिब मध्यान्ह करिब १२ बजेतिर मुम्बईस्थित घरमा गोली हानेर आत्महत्या गरेकी हुन् ।

पार्श्व गायिका समेत रहेकी वर्षाले यसअघि सन् २००८ पनि आत्महत्याको प्रयास गरिसकेकी जनाइएको छ । ५६ वर्षीया वर्षा सम्बन्धविच्छेद गरेर मुम्बईस्थित पेडर रोडमा रहँदै आएकी थिइन् । वर्षाको आत्महत्या नभएर हत्या भएको चर्चा पनि चल्न थालेको छ ।

मुम्बई प्रहरीले वर्षाको आत्महत्याको पुष्टी गरेको छ । प्रहरीले घटनास्थलबाट सुसाईट नोट पनि बरामद गरेको छ, जसमा मानसिक तनाबका कारण यस्तो कदम उठाएको उल्लेख गरिएको जनाइएको छ । वर्षाको आत्महत्याको समयमा उनकी आमा गायिका आशा भोषले भने सिंगापुरको अवार्ड कार्यक्रममा सहभागी भईरहेकी बताइएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग