Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीन्युज सहयोगी प्रेम सुनार सम्मानित

Published on 5:10:00 PM //


अनिल खत्री
गुल्मी, असोज २२ । गुल्मी हस्तिचौरको एक संस्थाले गुल्मीन्युज सहयोगी पत्रकार प्रेम सुनारलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । सुनारलाई जालपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड हस्तिचौर–४ उजुङ्ग गुल्मीले आफ्नो ५ औँ साधारण सभामा सम्मान गरेको हो । समाजको बिकृति विसंगति, अनियमित्ता र भ्रष्ट्राचारको भण्डाफोर गर्दै नागरिकलाई सु–सुचित र संवन्धित निकायलाई खबरदारी गराएको भन्दै सो संस्थाले आफ्नो ५औं बार्षिक साधरणसभाको अवसरमा सुनारलाई कदर पत्र र दोसाल्ला ओढाएर सम्मान गरेको थियो । रेडियो रेसुङ्गाबाट प्रसारित हुँदै आएको ओझेलका खवर स्रचालक सुनार गत तिन वर्ष यता लगातार विभिन्न संस्थाबाट सम्मानित हुदै आएका छन ।
सोही अवसरमा संस्थाले दलितहरुलाई आत्मा निर्भर बनाउन र उनिहरुको अधिकारको बारेमा प्रशिक्षित गर्नमा महत्वपुर्ण भुमिका खेलेको भन्दै एकिकृत ग्रामिण विकास समाज गुल्मीका सचिव कृष्ण विश्वकर्मालाई जालपा बचत तथा पनि सम्मान गरेको छ । त्यस्तै सस्थाले आफ्ना सदस्य थान वहादुर नेपालीले संस्थावाट ऋण लिई कृषि व्यवसायमा र पालुखाकी रिम कुमारी थापाले कुखुरा पालनमा उत्कृष्ठ कार्य गरेको भन्दै सम्मान गरेको छ । वाल वचतमा पालुखाका पवन थापा र उजुङ्गका करिश्मा विकले पनि सम्मान पाएका छन् ।
गुल्मीन्युज डट कमको हार्दिक बधाई सहयोगी पत्रकार सुनार र सम्मानित हुने सबै जनालाई ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग