Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका देउसी भैलोका भिडियोहरु

Published on 5:18:00 AM //


सन्जु काउछा मगर
झन्डै ५ बर्ष पो पुगेछ, तिहारमा निधार खाली भएको । यो छैठौँ तिहारमा पनि निधार खाली नै हुने भयो । अघिल्लो अघिल्लो तिहार जस्तै बिहान सबेरै बहिनिलाई फोन गरी एक्छिन कुरा गर्ने अनी दिउँसो जागिर गरेर नै मनाइन्छ होला यसपालिको तिहार पनि । सार्है सतायो सानो छँदाका तिहारहरुको सम्झनाले । देउसी भैलो, खोरखोरे (लङ्गुरबुर्जा), पटका, सेलरोटी, अर्सा, अनर्सा, फिनी, बटुक अनी त्यसैगरी सुटुक्क लुकी लुकी खेलेको म्यारिज र फराँस । कौडा भने खासै खेलिएन भन्दा पनि हुन्छ । पछी अली ठुलो भएर म युथ भिजन क्लब, मजुवाको अध्यक्ष हुँदा ३-४ वटा तिहारमा लगातार ठुलै तामझामका साथ देउसी खेलिन्थ्यो । तल खोला लाईनमा चोरकाटे-रुपाकोट-मजुवा-रामपुर्-पुल्कामुख-तल्लाफाँट-ईन्द्रेगौँडा हुँदै भुवाचिदी सम्म पुगिन्थ्यो ६०-७० जनाको हुलमा देउसी खेल्न ।      दसैं भन्दा बढी नै रमाइलो लाग्ने तिहार उत्तिकै मिस भईराछ यतिबेला । आज भर्खर कामबाट फर्केर यसो युट्युबमा गुल्मी खेलिएका देउसीका भिडियोहरु खोजेको त थुप्रै रमाइला भिडियोहरु पो भेटिए । आउनुस् हेरौ:  
(सबै भिडियोहरु आँफै प्ले हुन्छन)

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग