Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज युकेद्वारा रेसुङ्गा क्याम्पसलाई ३ लाख २७ हजार रुपैँया सहयोग

Published on 4:53:00 AM //

केशब भण्डारी, लण्डन
गुल्मी जिल्ला समाज, युकेले रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासलाई ३ लाख २७ हजार रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ ।
रेसुङ्गा क्याम्पसको वृहत्तर विकास सँगै शैक्षिक अनुसन्धान केन्द्र स्थापना गर्नकालागि गत ३१ अक्टोबर देखी ०७ नोभेम्बर सम्म गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको श्रीमद् भागवत विश्व शान्ति ज्ञान महायज्ञमा समाजका सल्लाहकार पशुपती भण्डारीको स्वयं नोभेम्बेर ७ मा यज्ञस्थलमै उपस्थित भई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
पण्डित दिनबन्धु पोख्रेलले प्रवचन दिनुभएको उक्त महायज्ञमा स्थानिय समाजसेवी तथा संघसँस्थाबाट ३ करोड १२ लाख रुपैँया संकलन भएको आयोजकहरुले बताएका छन । बिदेशमा बस्ने गुल्मेलिहरुले सँस्थागत रुपमा क्याम्पसले सन्चालन गरेको महायज्ञमा सहयोग गर्ने गुल्मी जिल्ला समाज, युके एक मात्र सँस्था रहेको समाजका अध्यक्ष ओम प्रसाद थापाले गुल्मीन्युज डट कमलाई जानकारी दिनुभयो ।
गुल्मी जिल्ला समाज युकेका आजीवन सदस्यहरु पशुपती भण्डारी र यादव भण्डारीबाट नगद ५० हजार, टोप बहादुर पल्लीबाट २० हजार ६ सय सत्तरी र भेष बहादुर थापाबाट महायज्ञको लागि २० हजार रुँपैया प्रदान गर्नुभएको थियो । यसै गरी ओम प्रसाद थापा,दुर्गा पाण्डे, मोती भण्डारी, अर्जुन गौतम, केशब भण्डारी, बलजंग अर्याल, फत्त थापा, बिनोद ज्ञवाली, खड्ग रेश्मी, राजन खरेल, डाँसुराम पाण्डे, राम प्रसाद सापकोटा, गोकर्ण बस्नेत, चेतनाथ खनाल र  युवराज भण्डारीबाट जनही रु. १५ हजार सहयोग भएको छ । यस्तै जीवन पाण्डे, रेशम अर्याल, बर्मा भण्डारी, कमल थापा, उत्सब पाण्डे, बाबुराम भण्डारी र रमेश भुशालबाट पनि महायज्ञको लागि समाजको तर्फबाट सहयोग उपलब्ध गराईएको थियो ।
गुल्मी जिल्लाको बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको गुल्मी जिल्ला समाह युकेले नेपालमा अपङ्गताको क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । गत बर्ष समाजले विश्व अपाङ्ग दिवसको अवसर पारेर लण्डनमा गरेको च्यारेटीबाट संकलित रकमले आशा अपाङ्ग केन्द्र, गुल्मी र अन्य जिल्लाका अपाङ्ग एवं असाहयहरुको क्षेत्रमा सहयोग गरेको समाजका अध्यक्ष थापाले बताउनुभयो । यसै कार्यको निरन्तरताको लागि यसबर्ष पनि आगामी डिसेम्बर २ तारिख विश्व अपांग दिवसको अवसर पारेर गुल्मी जिल्ला समाजले लण्डनमा एक च्यारिटी कार्यक्रमको आयोजना गर्न लागेको समाजका महासचिब अर्जुन गौतमले जानकारी गराउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग