जंगलमा भेटियो थापाको कंकाल
Published on
7:56:00 PM //
बिशाल भट्टराई
गुल्मी, मंसिर ५ । अर्घाखाँचीको धारापानी–९, बाटाकाखाल्टा भन्ने जंगलमा एक पुरुषको कंकाल फेला परेको छ । कंकाल हंसपुर–५ बस्ने ३७ बर्षीय डोरबहादुर थापको रहेको प्रहरीले जनाएको छ । कंकालसंगै भेटिएको नेपाली नागरिकताको प्रमाण पत्र, झोला र जुत्ताका आधारमा कंकालको पहिचान भएको हो । गत असार १ गते संधिखर्कमा भएको एमाओवादीको कार्यक्रममा सहभागी हुन घरबाट हिँडेका थापाको जंगलमा कंकाल भेट्टिएको हो ।
