Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२१ दिनपछि रुरु विद्यापिठको ताला खुल्यो

Published on 8:00:00 PM //


प्रेम सुनार
मंसिर ५, गुल्मी । कर्मचारी नियुक्तिको विषयलाई लिएर नेपाल विद्याथी संघले ताला बन्दी गरेको रुरु संस्कृति बिद्यापिठ रिडी गुल्मीको ताला २१ दिनपछि आज खुलाईएको छ । सो विद्यालय प्रशासनले एकलौटी ढंगबाट २ जना कर्मचारी नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदर हुनु पर्ने एक सुत्रिए माग राख्दै नेवि संघका विद्यार्थीहरुले गत असौज १४ गते तालाबन्दी गरेका थिए ।
आज बसेको बिद्यालय प्रशासन, अन्य सरोकावाला र आन्दोलनकारी पक्ष बिच बसेको बैठकले नियुक्ति बदर गर्ने र आगमी दिनमा सर्व पक्षिय निर्णय नभएसम्म कुनै पनि कार्य प्रशासनले नगर्ने सर्तमा ताला खोलिएको सो विद्यालय प्रजातन्त्रवादी कर्मचारी संघका सचिव राजेन्द्र राणाले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग