Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मानवअधिकारका लागि नागरिक सन्जालको १६ दिने अभियान तय

Published on 6:24:00 PM //


नरेश भण्डारी
गुल्मी, मंसिर ९ । मानवअधिकारको लागि नागरिक सञ्जाल, गुल्मीको पहलमा ०६९ मंसिर ८ गते सिर्जनशिल सामुदायिक विकास केन्द्रमा बसेको एक भेलाले महिला हिंसा विरुद्धको १६ दिने अभियान २०६९ को कार्यक्रम तय गरेको छ । सञ्जालका संयोजक दानबहादुर केसीको अध्यक्षता, इन्सेक प्रतिनिधि नरेश भण्डारीको सञ्चालन र जिल्ला विकास समितिका योजना अधिकृत बाबुराम पल्ली, इन्सपेक्टर जितेन्द्र बस्नेत, डा. गोविन्द अधिकारी, पत्रकार महासंघका घनश्याम गौतम लगायत जिल्लामा मानवअधिकार र सामाजिक न्यायको क्षत्रमा कृयाशिल संघ संस्थाको उपस्थिती रहेको भेलाले मंसिर १० गते देखि २५ गते सम्मको १६ दिने अभियन सञ्चालन गर्न कार्यक्रम तय गरेको हो ।
भेलाले मंसिर १० गते तम्घासमा अभियान उद्घाटन र महिला हिंसा न्युनिकरणमा सरोकार वालाहरुको भूमिका विषयक अन्तरकृया कार्यक्रम, मंसिर ११ गते दुविचौरमा एकल महिलाका समस्या र समाधानका उपाय विषयक अन्तरकृया, मंसिर १२ गते सिमिचौरमा महिला हिसा न्यूनिकरणमा समुदायको भूमिका विषयक अन्तरकृया तथा सडक नाटक, मंसिर १३ गते घरेलु हिंसा न्यूनिकरणमा परिवारको भुमिका विषयक वक्तृत्वकला र राष्ट्रिय क्षयरोग विरुद्धको दिवस, मंसिर १४ गते अर्खलेमा महिला हिसा न्यूनिकरणमा समुदायको भूमिका विषयक अन्तरकृया तथा सडक नाटकको कार्यक्रम तय भएको छ । यस्तै मंसिर १५ गते तम्घासमा प्रजनन् स्वास्थ्यको कायशाला गोष्ठी, मंसिर १६ विश्व एड्स दिवस तथा सडक नाटक कार्यक्रम, मंसिर १७ गते जिल्ला कारागार अनुगमन, मंसिर १८ गते अपाङ्गता दिवस मनाउने, मंसिर १९ गते अर्खलेमा समावेसी योजना निर्माण र कार्यान्वयन बारे अन्तरकृया, मंसिर २० गते आशा अपाङ्ग केन्द्रमा तालु चिरिएका व्यत्तिहरुको निशुल्क अप्रेशन शिविरको कार्यक्रम छ ।
यसै गरी मंसिर २१ गते महिला हिंसा विरुद्धका कानुन र यसको कार्यान्वयन अवस्था बारे अन्तरकृया एवं विद्यालयमा हुने छात्रा माथिका हिंसा र यसको न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका विषयक निवन्ध प्रतियोगिता, मंसिर २२ गते जिल्ला बाल क्लव सञ्जाल संग अन्तरकृया , मंसिर २३ गते महिला स्वास्थ्य स्वयम्सेविकाहरुको दिवस, मंसिर २४ गते रेडियोहरुबाट महिला हिंसा बारेको बहस कार्यक्रम साथै मंसिर २५ गते ६५ औं विश्व मानवअधिकार दिवस तथा अधिकार कार्यान्वयन र चुनौती विषयक अभियान समापनको कार्यक्रम तय भएको छ । यसैगरी मंसिर १० गते देखि १७ सम्म सामुदायिक संस्थामा महिला हिंसा विरुद्धका कानुनबारे अभिमुखिकरण र तम्घासमा बाल अधिार संरक्षण नीतिबारे अभिमुखिकरण कार्यक्रम तय भएका छन् ।
अभियानको सचिवालय इन्सेक, गुल्मीमा रहेको महिला हिंसा विरुद्धको १६ दिने अभियान जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला हिंसा विरुद्धको जिल्ला स्रोत समिति, महिला बालबालिका कार्यालय, महिला पुनस्थापना केन्द्र–गुल्मी, नर्डेक–नेपाल, मानवअधिकार सचेतन संस्था, इन्सेक, नेपाल क्षयरोग निवारण संस्था, महिला मानवअधिकार रक्षक सञ्जाल, काहुराष्ट्र–नेपाल, अपाङ्ग एकता समाज, आशा अपाङ्ग केन्द्र, मानवअधिकारको लागि एकल महिला सञ्जाल, दलित महिला संघ, नेपाल मानवअधिार संगठन, महिला अधिकार तथा चेतना अभियान केन्द्र लगायतका संघ संस्थाले सहकार्य गरेका छन् ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग