Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पर्यटकिय क्षेत्र ढोरपाटन जाने नयाँ रुट

Published on 6:28:00 PM //


आपत रामजाली
रेडियो परिवर्तन, बुर्तिवाङ बागलुङ ९ मंसिर । नेपालकै एक मात्र शिकार आरक्ष एवं पर्यटकिय स्थल ढोरपाटन जानको लागि थप नयाँ रुट खोल्ने तयारी भएको छ । जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ देखि वोवाङ हुदै एक दिनको पैदलमा पुग्न सकिने ढोरपाटनमा मोटरबाटो खन्ने काम ६ वर्ष वितिसक्दा पनि ढोरपाटनमा बाटो नपुग्दा स्थानिय बासीको पहलमा बागलुङ जिल्लाको अधिकारीचौर गाउँ विकास समितिको दोगाडी हुदै छ्यान्तुङ—म्याग्दी—ढोरपाटन मोटरबाटो निर्माण गर्ने तयारी भएको हो ।
अधिकारीचौरको दोगाडी देखि ढोरपाटन सम्मको नयाँ रुटको तयारीको लागि जिल्ला विकास समितिले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्थानियबासीको पहलमा करिब १२ किलोमिटर सडक निर्माण गरेमा ढोरपाटन पुग्न सकिने सवैभन्दा छोटो रुट हुने र पैदल यात्रामा सहज आउने निर्माण समितिका अध्यक्ष खडक पुनले बताउनु भयो ।
जिल्लाको बोबाङ गाउँविकास समिति र म्याग्दी हुदै ढोरपाटन पुग्न सकिने ट्रेकिङ मार्ग भएपनि पर्यटकहरुको घुमफिरलाई मध्यनजर गरेर नयाँ रुढको तयारी गरेको स्थनिय विद्या विकास निम्न माध्यमिक विद्यालयका शिक्षक दुर्गाबहादुर भण्डारीले बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग