Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुल्ला दिशा मुक्त गाविसका शौचालय दाउरा राख्ने कड्कुरो

Published on 3:50:00 AM //



सिडिओ, एलडिओ भन्छन् ‘घोषणाका लाघि घोषण नगरौं’

प्रेम सुनार
मंसिरर १३ , गुल्मी । सन २०१५ सम्म गुल्मी जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि यहाँको पुरै संयन्त्र जोडतोडका साथ लागि परेको छ । तर आवस्यक पानी र चेतनाका अभावमा खुल्ला दिशामुक्त घोषित गाविसमा कतिपयका शौचालय पस्नै नसक्ने दुर्घन्धीत र कतिपयले दाउरा राख्ने कड्कुरो बनाएका छन् ।
खुल्ला दिशामुक्त क्षेत्र सम्बन्धी जानकारी सहितको होर्डिङ्ग बोर्ड अनावरण गर्दै प्रजिअ कविन्द्र नेपाल र महासंघ अध्यक्ष मधुकृष्ण । तस्बिर: प्रेम सुनार
शौचालयलाई कडकुरो बनाउने विपन्न वर्ग होईन सम्मपन्न र राजनैतिक पहुँचवाला हुन् । यस समचारदाताले घोषित गाविस नयाँगाउँ र घमिरमा देखेर फर्किएको छ कि उनिहरु पहिल्लैको पक्की शौचालय प्रयोग गर्छन । जव गाविस खुल्ला दिशाकुक्त हुन लाग्यो तव त्यस कार्यक्रमबाट पर्ने शौचालय उनिहरुले छाड्न सकेनन र बनाए अर्को शौचालय ।
यसरी पुगेसरी हुनेका राख्ने फार्ने दुई दुईवटा शौचालय तर विपन्न बर्गको भर्खर बनेको एउटा शौचालयमा पनि आवस्यक पानी छैन । भए पनि त्यसको सहिरुपले प्रयोग गर्न सकेका छैनन् । कतिपयका घरमा बनेका शौचालयहरु मात्र पहुना आए खोल्ने अघि पछि बन्द गरेर त्यस परिवार बन झाडीको पुरानै शौचालय प्रयोग गर्ने गर्दा रहेछन् । ति परिवारले चाँडै बिग्रिने डरले ईज्जत बचाउन पाहुना शौचालय मात्रै बनाईएको बताए ।
कैयौं गाविसमा केहि वर्ष अघि शौचालय निर्माण गरेको थियो विभिन्न निकायले तर प्रयोग गर्न नजान्दा दुईचार दिनपछि जाम हुन थाल्यो र दुर्घन्ध बढेर अहिले त्यस्को नामोनिशान छैन । आज विहना जिल्ला खाने पानी तथा सरसफाई उपभोक्ता महासंघद्धारा तैयार पारिएको खुल्ला दिशा मुक्त गाविस र हुन नसकेका गाविसको क यथार्थ चित्रको होर्डिङ्ग बोर्ड उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले भने ‘ खुल्ला दिशा मुक्त गाविस घोषणा त गर्दै छौ तर घोषित गाविसको अवस्था के छ ? पछाडी फर्केर पनि हेर्ने जरुरी छ । ’
‘१४ वर्ष अघि आफु हुम्ला वस्दा बनाईका शौचालय भित्र ढुङ्गै ढुङ्गा देख्न परेको थियो आज १४ वर्षपछि, त्यो पनि शिक्षा र चेतनामा धेरै अगाडी बढेको गुल्मीमा त्यस्तो त नहोला ’ प्रजिअ नेपालले भने ’ शौचालय बनाउन सक्ने क्षमता भएकोले पनि बनाएका छैनन् त्यो ब्यक्तिको चेतनामा भर पर्छ । ’उनको तर्क थियो बिहाना बेलुृकी खानै नसक्ने जनताका लागि शौचालयको भन्दा खाना कै आबस्यकता हुन्छ यसर्थ शौचालय निर्माणका लागि बितरण गर्ने रकम एकनास हुनु हुदैन । सम्पन्नलाई भन्दा विपन्नहरुलाई अलि बढी रकम दिनु पर्ने उनको सुझाव थियो ।
स्थानिय विकाश अधिकारी हरिप्रसाद ज्ञवालीको तर्क पनि उस्तै थियो । उनले भने ‘बोर्डमा जिल्लाको चित्र देख्दा २०१५ सम्म खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने हाम्रो लक्ष्य चुनैतिपुर्ण लागे पनि सबैको प्रयास भए असम्भव छैन । घोषित गाविसमा अनुगमन र जनचेतनाको आबस्यकता रहेको उनको बुझाई छ ।
गुल्मीका अन्य क्षेत्रको तुलनामा तिन नम्वर क्षेत्र अगाडी छ । , जहाँ अर्जै गाविस जिल्लामै पहिलो घोषित गाविस बन्यो । क्रमशः घमिर, जैसीथोक, नयाँगाउँ र छापाहिले सहित ५वटा गाविस घोषणा भए तर क्षेत्र नम्वर एकमा जम्मा एउटा गाविस हरेवा मात्रै भएको छ भने जिल्ला कै सवै भन्दा ठुला नेता एवं पुर्व मन्त्री प्रदिप ज्ञवाली २ नम्वर क्षेत्रमा भने एउटा गाविस पनि घोषणा हुन सकेको छैन ।
आजको उद्घाटन सत्रमा पनि यो कुरा चल्यो । नेता ज्ञवालीलाई त देखाईएन तर एमाले कै जिल्ला नेता शेषकान्त गौतमले खाने पानी तथा सरसफाई उपभोक्त महासंघका अध्यक्ष मधुकृष्ण पन्तलाई देखाउँदै प्रश्न गरे ‘के हो सर, तपाईकै क्षेत्रमा एउटा पनि गाविस घोषणा गर्न सकिएन छनि ? एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका पन्त अलि लज्जीत मुद्रामा निजवाफ देखिन्थे ।
सदरमुकाम रहेको सवैभन्दा शिक्षित, सचेत र सवै कुरामा नजिकको पहुँच रहेको २ नम्वर क्षेत्रलाई उछिन्दै ३ नम्ँवर क्षेत्रका विभिन्न गाविस उसले भन्दा मैले पहिला घोषणा गर्छुको कम्मर कसाईमा छन् । खाने पानी तथा सडक डिभिजन कार्यालयका प्रमुख नारायणप्रशाद काफ्लेले दिएको जानकारी अनुसार क्षेत्र नम्वर २ को विरवास र पल्लीकोट गाविस बल्ल घोषणाको तयारीमा छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्वय समितिको अध्यक्ष स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली भन्नु हुन्छ गत वर्षको तुलनामा यो वर्ष ढिलो भयो । ‘यो वर्षको पछिल्लो चार महिनामा एउटा गाविस पनि घोषणा हुन नसक्दा हाम्रो लक्ष्यमा पुग्न मुस्किल हुन सक्छ ’ उनले भने । उनका अनुसार गत वर्ष सहित यस वर्ष भित्रमा २० वटा गाविस खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने लक्ष्य छ ।
घोषणा गरिएका गाविसहरुमा संंबन्धीत निकायको अनुगमन र संबन्धीत घर परिवारको असचेतनाका कारण चिलाउनेको ठुटाको मान्छे ठुटैतिरको अबस्था छ । जिल्ला खाने पानी उपभोक्ता महासंघ गुल्मीले वितरण गरेको ब्रोसर अनुसार जिल्लामा ६७ प्रतिशत जनताको सरसफाईमा पहुँच पुग्न सकेको छैन भने ३३ प्रतिशत जनताले मात्रै त्यसमा पहुँच पु¥याएका छन् । त्यसले के देखाउछ भने १ लाख ८९ हजार ९ सय ९३ गुल्मेली जनता त्यसको पहुँचबाट बञ्चीत छन् भने जम्मा ९३ हजार ३५ सय ८० जनाले उपभोग गर्न सकेका छन् ।
‘सफल खुला दिशा मुक्त अभियान, आत्मा सम्मान र प्रतिष्ठाको पहिचान’ भन्ने मुल नाराका साथ सुरु गरिएको यो अभियानमा राजनैतिक दल, सरकारी निकाय, समाज सेवी सवैको जोड जुलुम त छ तर यसै सदरमुकाम तम्घास, त्यो पनि जिल्ला बिकास समितिकै कार्यालय पछाडीको एक दलित परिवारले अहिलेसम्म खोलामा शौचालय गर्छन । घर्मी याममा स्थानिय विकाश अधिकारी कै कार्यकक्षमा दुर्घन्धको सामना गर्नु पर्ने अवस्था छ । सदरमुकामका अन्य थुप्रै घरमा पनि अवस्था त्यस्तै छ ।
उदघाटन कार्यक्रममा एकिकृत नेकपा माओबादीका निमबहादुर पाण्डे, कांगे्रसका अखिलेश्वरप्रसाद पाण्डे,एमालेका शेषकान्त गौतम, नेकपा माओवादीका बिरबहादुर कार्की, राप्रपाका टोपलाल बस्नेत , प्रहरी प्रहरी नायव उपरिक्षक गुरुबिष्णु काफ्ले जिल्ला बन अधिकृत वरिष्ठ जिल्ला जन स्वास्थ्य अधिकृत गैर सरकारी महासंघ अध्यक्ष बिष्णप्रसाद भण्डारी लगाएतको उपस्थिती थियो । महासंघ अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा सम्पन्न कार्र्यक्रममा सचिव विष्णु पौड्लको सञ्चालन थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग