Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच पर्षपछि गुल्मीमा एउटा मात्र बालबिवाहको मुद्धा

Published on 3:41:00 AM //


प्रेम सुनार
मंसिर १३, गुल्मी । गुल्मीमा गत पाँच वर्षपछि हालै एउटा मात्र बाल विवाहको मुद्धा दर्ता भएको छ । पाँचवर्ष यता यस्तो मुद्धा दायर भएको देखिन्न ‘प्रहरीनायव उपरिक्षक गुरु विष्णु काफ्लेले भने ‘यहि मंसिर ७ गते एउटा बाल विवाहको मुद्धा दर्ता भएको छ ।’
प्रहरी प्रमुख काफ्लेले दिएको जानकारी अनुसार जैसीथोक अड्गैरामा १३ वर्षिया बालिका शर्मिला (नाम परिवर्तन)लाई विवाह गर्ने २१ वर्षिय फर्शुराम पोखरेल र सो विवाह गराएको आरोपमा रेशम पन्थी, गंगा पन्थी र रुद्र पन्थी विरुद्ध पिडित बालिकाका बाबुले मुद्धा दाएर गरेका छन् ।
‘केटा पक्षले बचाउका लागि थुप्रै प्रयास गर्‍यो, राजनैतिक हस्तक्षेपको प्रयत्न पनि भयो तर हामीले मानेनौ काफ्लेले भने ‘कानुन भन्दा बाहिर हामी जान सक्दैनौ, अदालतको ढोकासम्म पु¥याउने हाम्रो कर्तब्य हो । ’ मुलुकी ऐन वाल विवाहको महल १ को परिभाषित दफा २ अनुसार १० देखि १४ वर्ष मुनीकी वालिका विवाह गर्ने, गराउनेलाई एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने प्रवधान छ । त्यस्तै १४ देखि १८ वर्ष नपुगेकी बालिकालाई विवाह गराईएमा ६ महिना कैद सजाएँ र १० हजार जरिवाना हुने उल्लेख छ ।
१३ वर्षिय ति वालिका गरिव परिवरकी भएको र अर्कैको घरमा बस्दै आएको बताईएको छ । उनलाई विवाह गर्ने फर्सुराम भने बिदेश उडेको बताईन्छ । गाउँमा यस्तो उमेर नपुगी वालिका विवाह गराउने चलन अझै ब्याप्त रहे पनि त्यो कुरा सुदरमुकाम सम्म आउन नदिने र आए पनि प्रहरी प्रमुख काफ्लेले भने झै बचाउका लागि राजनैतिक दल समेत गुहार्ने भएका कारण बल्ल अहिले पाँच वर्षपछि एउटा मात्र वाल विवाहको मुद्धा दर्ता हुन सकेको हो । यस घटनाले बालविवाह गर्न-गराउन हुँदैन भन्ने सन्देश जिल्लावासीमा जाने प्रहरी प्रमुख काफ्लेको अपेक्षा छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग