Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केपी ओली दिल्लीबाट फर्कदैँ

Published on 8:40:00 AM //


१० मंसिर, काठमाण्डौ । स्वास्थ्य उपचारका लागि दिल्ली जानुभएका नेकपा एमालेका नेता केपी शर्मा ओली स्वदेश फर्कदै हुनुहुन्छ । निमोनियाले थलिनु भएका ओली करिब तीन साता लामो स्वास्थ्य उपचारपछि आइतवार अपरान्ह स्वदेश फर्कन लाग्नु भएको हो ।

स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएपछि गत कात्तिक १९ गते एयर एम्बुलेन्स मार्फत ओलीलाई दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । एकसाता अति सघन कक्षमा उपचार गराएका ओलीको स्वास्थ्यमा सुधार आएपछि गत कात्तिक २५ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

डिस्चार्ज भएपछि निरन्तर स्वास्थ्य जाँचका लागि भन्दै ओली दिल्लीस्थित आफ्ना साथीका घरमा बस्नु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग