Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्तिकारी पत्रकार संघ गुल्मीको अध्यक्षमा पाण्डे

Published on 3:44:00 PM //


प्रेम सुनार
मंसिर १०, गुल्मी । क्रान्तिकारी पत्रकार संघ गुल्मीको तेश्रो जिल्ला सम्मेलन सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । २ दिन सम्म चलेको सम्मेलनले अध्यक्षमा भरत पाण्डेलाई सर्व सम्मत चयन गरेको छ । पाण्डेको नेतृत्वमा १३ सदसिय जिल्ला कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षद्धयमा मदन पौड्याल र दधिराम खनाल चयन भएका छन् । सचिवमा सुभाष महत, चयन भएका छन् भने कोषाध्यक्षमा राजन घिमिरे चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा प्रकास चालिसे, धु्रवराज ज्ञवाली, माधव ज्ञवाली, पुष्कर के.सी., र अनिता ज्ञवाली रहेका छन् । २ जना पछि थप गर्ने जनाईएको छ । सम्मेलनले निवर्तमान उपाक्ष गणेश सारुको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिमा घनस्याम खरेल, पदम पाण्डे लगाएत रहेका छन् । यसै विच निवर्तमान उपाध्यक्ष सारुलाई राज्य समितिमा सिफारिस गरिने र निर्वतमान अध्यक्ष प्रेम सुनार केन्द्रिय समितिमा बढुवा भएको संघले जनाएको छ ।
सम्मेलनमा केन्द्रीय सम्मेलन समिति सदस्य प्रेम सुनारको प्रमुख आतिथ्यतमा सम्पन्न , कार्यक्रममा बिशेष अतिथी एकिकृत नेकपा माओबादीका जिल्ला संयोजक सुदर्शन बराल, निर्वतमान सह ईन्चार्ज निमबहादुर पाण्डे, राज्य समिति सदस्य अशोक थापा, अर्जुन बुढा, महेन्द्र बिसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
आयोजक समिति संयोजक रामु बिश्वकर्माको अध्यक्षतामा सम्मन्न सम्मेलनमा निवर्तमान उपाध्यक्ष गणेश सारुको स्वागत मन्त्ब्य र राज्य समिति सदस्य शंकर कुँवरको संञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग