Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानमन्त्री भोली बागलुङ आउदै, सुरक्षा व्यवस्था कडा

Published on 11:18:00 PM //


आपत रामजाली,
बुर्तिवाङ, १२ मंसिर । नेपाल सरकारका प्रधानमन्त्री एवं एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराई बुधवार बागलुङ आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा परिएको छ ।
बागलुङ जिल्लामा निर्माण हुन लागेका अञ्चल हस्पिटल तथा विभिन्न संघ सस्थाको उद्घाटनको लागि बागलुङ आउने कार्यक्रम तयारी भएको इलाका प्रसासन बुर्तिावाङले जनाएको छ ।
प्रधानमन्त्रीले भोली विहान ११ बजे बागलुङबजारमा निर्माणाधिन धौलागिरी अञ्चलको क ब्लकको उद्घाटन र दिउसो १२ बजे बागलुङको पश्चिममा रहेको बुर्तिवाङ बजारमा एकिकृत सेवाकेन्द्रको उदघाटन गर्ने कार्यक्रम रहेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख रत्नाकार गौतमले जानकारी दिनुभएको छ ।
उद्घाटन हुन लागेको सेवाकेन्द्र भित्र सामाजिक साखा, जिविकोपार्जन शाखा, भौतिक पूर्वाधारसाखा, स्थानियप्शासन साखा, र सामान्य प्रशासन साखा गरी पाँच वटा भित्र समाजिक सुरक्षा, स्थानिय अनुगमन, कृर्षी, भेटनरी, बन, खानेपानी, शान्ती सुरक्षा, नागरिकता, शिक्षा, कर्मचारी लगाएतका प्रशासनिक क्षेत्रको कार्यहरुहुने बताइएको छ । साथै एकिकृत सेवाकेनद्रको उद्घाटन भए लगत्तै तत्काल ६ जना कर्मचारी कार्यालयमा आउने पनि गौतमले जानकारी sदिनुभयो ।
एकिकृत सेवा जस्तो महत्वपूर्ण सेवाकेन्द्र लगाएत नेपाल बैँक लिमिटेड समेत स्थापना हुने भएपछि पश्चिम क्षेत्रका २० गाउँ विकास समतिमा सेवा पुग्ने छ ।
साथै सोही अवसरमा एकिकृत नेकपा माओवादीले भोली बागलुङ क्षेत्र नं. ३ को प्रथम क्षेत्रिय सम्मेलनको आयोजना गरिएको बताइएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग