Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्लबले मर्मत गर्‍यो ८ किलोमिटर मोटरबाटो

Published on 11:21:00 PM //


आपत रामजाली,
बागलुङ, १२ मंसिर । बाग्लुङ जिल्लाको अधिकारीचौर गाउँ विकास समिति वडा नं १ मा रहेको जुनतारा युवा क्लवले गाँउ सम्म जोड्ने मोटरवाटो मर्मत गरेको छ ।
बर्षायाम सँगै बिग्रिएको अधिकारीचौर वडा नं २ देखि वडा नं १ को नाथुरी  सम्म जोड्ने करिव ८ किलोमिटर  वाटो स्थानीय बासीको ३० हजार र क्लवले तिहारमा देउसीभैलो खेलेर संकलन भएको ४८ हजार ५ सय बजेटमा मर्मत  गरीएको हो । यसरी उक्त मोटर बाटोको मर्मत गरे सँगै स्थानीय स्तरमा उत्पादन हुने तरकारी, दुध, फलफुल नजिकको बजार सम्म पु¥याउन सजिलो भएको जुनतारा युवा क्लबका अध्यक्ष सुन्दर घर्तिले बताउनुभयो । नाथुरी तरकारी र दुधउत्पादनको लागि प्रख्यात मानिन्छ। गाउँ पुन मोटर बाटो सञ्चालन हुँदा माल सामान ढुवानीमा समेत सहजता आउने स्थानीयबासी बसन्त कँडेलले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग