Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच दिनभित्र विद्युत नियमित नभए तालाबन्दी

Published on 2:19:00 AM //


गगनशिला खड्का
गुल्मी, १४ मंसिर । लोडसेडिङ्गमुक्त जिल्ला भनिएपनि दैनिक २०-२५ पटक सम्म विद्युत अबरुद्ध भएपछि हैरान बनेपछि गुल्मीका विभीन्न संघसंस्थाले नेपाल विद्युत प्राधिकरणलाई विद्युत नियमित गर्न ५ दिने अल्टिममेटम दिएका छन् । गुल्मी जिल्ला कालिगण्डकी ए प्रभावित जिल्ला भएकोले लोडसेडिङ्ग मुक्त भनिएपनि विहान, दिउँसो र साँझ अति आबस्यक कामको समयमा विद्युत अबरुद्ध भएपछि सरोकारवालाहरुले नियमित गर्न अल्टिमेटम दिएका हुन् ।
गुल्मी उद्योग वाणिज्य संघको अगुवाईमा पुगेका विभीन्न संघ संस्था र पत्रकारहरुको टोलीले विद्युत अनियमितताले निकै हैरानी व्यहोर्नु परेकोले ५ दिनभित्र समस्या समाधानका लागी अल्टिमेटम दिएको वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । गुल्मी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, सुशासन अभियान गुल्मी, सेवा सञ्चार गुल्मी, क्रान्तिकारी पत्रकार संघ, प्रेस चौतारी, प्रेस यूनियन, मासु व्याबसायी संघ गुल्मी लगायतका संस्थाले ज्ञापनपत्र पेश गर्दे उक्त अल्टिमेटम दिएका हुन् । ५ दिनसम्म समस्या समाधानका लागि पहल नगरेमा आफूहरुले विद्युत प्राधिकरणमा तालाबन्दी र आन्दोलन गर्न बाध्य हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष  कृष्ण प्रसाद भण्डारीले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण गुल्मीका प्रमुख नवलकिशोर गोईतले गुल्मीमा यसअघि मूख्य समयमा स्याङ्गजाको आँधीखोलाबाट निकालिएको विद्युत प्रयोग गर्ने गरीएकोमा मर्मत संभारको लागि बन्द गरीएकोले विद्युत अनियमित भएको बताउनुभयो । उहाँले मंसिर मसान्तपछि मात्रै विद्युत आपूर्ति नियमित हुने बताउनुभयो ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारी,महासचिब कृष्ण प्रसाद पोख्रेल,नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष घनश्याम गौतम,शुसासन अभियान गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डे,सेवा सञ्चार गुल्मीका उपाध्यक्ष गगनशिला खड्का,क्रान्तीकारी पत्रकार संघका अध्यक्ष भरत पाण्डेय,प्रेश युनियनका सचिब पिएम मगर,प्रेश चौतारीका सह—सचिब नारायण प्रभात मरासीनी,मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष खड्क प्रसाद श्रेष्ठ लगाएत पत्रकारहरुको टोलीले  विद्युत प्राधिकरणमा अल्टिमेटम दिएपछि उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराई विद्युत नियमिताका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रमुख जिल्ला अधिकारीले यसबारे बुझेर पहल गर्ने जवाफ दिनुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग