Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली द्धन्द्ध पिडित मुस्कुराउँदै, बास्तविक रुँदै

Published on 2:36:00 AM //


प्रेम सुनार
मंसिर १४, गुल्मी । गुल्मी सिमिचौरका ५६ बर्षिय चतुरसिंह नेपाली द्धन्द्धकालको कुटाई र हाल द्धन्द्ध पिडित छनौटमा भएको सौतेलो ब्यबहारको पिडा कहँदै आज यस समचारदातसंग बसेर धुरुधुरु रोए । उनका ति विलौना र आँसु देख्दा नक्कली द्धन्द्ध पिडितहरु मोटो रकम पाएर मुस्कुराउँदै र बास्तबिक द्धन्द्ध पिडित भने केहिन केहि भएर रुँदै, गुहार माग्दै छन् भन्ने कुरा अनुभुत गर्न सकिन्थ्यो । द्धन्द्ध कालमा आफ्ना कार्यकर्ता बचाउन छाडेर सदरमुकाम र राजधानीमा गएर सुरक्षित हुने नेताहरुले द्धन्द्ध पिडितको मोटो रकम हात पारेको गुनासो आईरहेको बेला गाउँमा बसेर खुट्टा नै गुमाउने गरी कुटाईखाने ति नेपाली जस्ता सोर्सफोर्स नुहुनेहरु भने द्धन्द्ध पिडितको लिस्टमा समेत पर्न सकेका छैनन् ।
रुँदै दुखेसो पोख्दै चतुरसिंह नेपाली । तस्बिर: प्रेम सुनार
सिमिचैर ३ का नेपाली २०६३ असार १ गते सिमिचौराबाटै नेपाली सेनाको धागिथुम ब्यारेकबाट खटिएको सैनिक टोलीबाट माओबादी भएको आरोपमा पक्राउ परी उनिहरुको कुटपिटबाट खुट्टा भाँचिएर अपाङ्ग जिवन बिताई रहेका छन् । उनले अहिले सम्म कुनै राहत, क्षतिपुर्ती पाउन सकेका छैनन् । त्यसअघि आफ्नो नाम द्धन्द्ध पिडितमा होला भनेर ढुक्क भई बसेका नेपाली स्थानिय शान्ति समितिमा आई बुझदा नभएको देखेपछि रोएर घर फर्किएका छन् ।
त्यतिबेला सेनाबाट पक्राउ परी पोखरा हुँदै काठमाण्डौ पुराईएका उनि २०६४ साल भदौ १३ गते छाडिएको बताउँछन् । ‘प्रहरीमा जान्छु, शान्ति समितिको सिफारिस लिएर आउ भन्छन्, अनि शान्ति समितिमा जान्छु प्रहरीको मुचुल्का लिएर आउ भन्छन्’ नेपालीले भने, ‘६ दिन भयो यता र उता गर्दैमा हैरान भएँ त्यसैले संञ्चार माध्यमको साहरा लिन बाध्य भएको हुँ ।"
‘माओबादीमा त्यतिका बर्ष खटे, पार्टीले हेर्ला भनेको थिएँ तर हाम्रै नेताले नै बेवास्त गरेर होला द्धन्द्ध पिडितमा नाम नभएको भन्ने ठानेको छु’ उनले गुनासो गरे । ‘अरु दलका मानिस एक थप्पड खाने र खाँदै नखानेहरुले समेत ठुलो रकम राहत हात पारेका छन् ’नेपालीले आँसु खसाउँदै भने, ‘मैले भने सेनाको पिटाईले खुट्टा भाँची स्टील राखेर हिँड्दा पनि राहत पाउँन सकिन ।’
उनि पारिवारिक रुपले समेत पिडित रहेछन् । २०४० सालमा उनकी श्रीमतिको मृत्यु भयो । २०५२ सालमा छोरा विते । उनले भने, "अहिले एक्लै छु, सर्वहारा मेरो सम्पत्तिका नाममा बास मात्रै छ तर हामी जस्ता गरिवलाई पाउनु पर्ने राज्यको सुबिधाबाट पनि बिमुख गराईने रहेछ भन्ने महसुस भएको छ ।"
माओबादी बाहेक अन्य दलका मानिसहरुले मिलाई –मिलाई द्धन्द्ध पिडितको राहत क्षतिपुर्ति पाउने तर माओबादी भयो भने बास्तविक द्धन्द्ध पिडित भएपनि नपाउने उनको आरोप थियो । यस सम्बन्धमा स्थानिय शान्ति समिति गुल्मीका संयोजक टोमलाल पाण्डेले समितिले दल, बिचारको पुर्वग्रह नराखी काम गरेको दावी गरे । छुट भएका द्धन्द्ध पिडितको समितिले पहिचान गरी सिफारिस गर्ने उनले बचन दिए ।
भाँचिएर स्टिलको रड् राखेको खुट्टा देखाउँदै उनै नेपाली । तस्बिर: प्रेम सुनार
प्रहरीले मुचुल्का नदिई हैरानीमा पा¥यो भन्छन् नि नेपाली ? भन्ने प्रश्नमा पाण्डेले प्रहरी त्यसो गर्न नहुने प्रतिकृया दिए । ६ दिन भयो भन्छन् नेपाली सिफारिस लिन आएको साह्रै झण्झडमा पा¥यो प्रहरीले भन्छन नि भन्ने प्रश्न प्रहरी नायव उपरिक्षक गुरु बिष्णु काफ्लेले प्रहरीले कदापी त्यसो नगरेको बताए । पहिलो चरणमा शान्ति समितिले ३ सय ९१ जनालाई द्धन्द्ध पिडितको सिफारिस गरेकोले त्यो भन्दा अरुलाई सिफारिस दिन समितिले नै मनाही गरेकोले नेपालीलाई सम्झाएर पठाएको काफ्लेले बताए ।
यस सम्बन्द्धमा एकीकृत नेकपा माओबादीका जिल्ला संयोजक सुदर्शन बरालले बुझेर नेपालीको सिफारिसका लागि समितिका साथीहरुलाई आग्रह गर्ने बताए । नेपाली सहित पछिल्लो चरण माओबादीकै धैरै मानिसहरु अरु दलका मानिस द्धन्द्ध पिडित नभएर पनि मोटो रकम हात पारेको तर आफुहरु बास्तविक द्धन्द्ध पिडित भएर पनि नपाएको भन्दै गुनासो गर्न थालेका छन् । यि नेपाली माओबादीको सात दिने आमहड्ताल सम्म खटेका थिए र त्यसपछि ज्यान पाल्न समेत मुस्कील परेको भन्दै दिल्लीतिर लागेर हालै फर्किका हुन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग