Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै १६ बर्षिय छोराको हत्या गरे क्रुर बाबुले

Published on 4:09:00 AM //


प्रकाश बराल
सामान्य घरायसी विवादमा बागलुङका बाबुले आफ्नै छोराको हत्या गरेका छन्  । बुंगादोभान-४ का ५३ वर्षीय गंगाबहादुर घर्तीले १६ बर्षको छोरा कुलबहादुर घर्तीको हत्या गरेका हुन् । आइतवार राति साढे ८ बजे घरायसी विवादमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घर्तीले हत्या गर्दा कस्तो प्रकारको हतियार प्रयोग गरेका थिए भन्ने अहिले सम्म खुलेको छैन । प्रहरी चौकी बुंगादोभानले घर्तीलाइ नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान गरी शवलाइ पोष्टमार्टमका लागि ल्याउन प्रहरी टोली घट्नास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी शैलेन्द्र खड्काले जानकारी दिएका छन् । घटनास्थल बुर्तिवाङ देखि ६ घण्टा भन्दा बढी समय पैदल लाग्ने भएकोले विस्तृत जानकारी भने आइनसकेको उनले बताए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक दुर्गा श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग