Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलितहरुद्धारा महायज्ञलाई साढे ५ लाख सहयोग

Published on 4:16:00 AM //


प्रेम सुनार
कार्तिक २६, गुल्मी । गुल्मेली दलित संघ सस्था एंवम व्यक्तिहरुले रेसुंगा वहुमुखी क्याम्पसलाई आर्थिक सहयोग गरेका छन् । क्याम्पसले आयोजना गरेको महायज्ञको  अवसरमा उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मी लगाएतका संघ सस्था र व्यक्तिहरुले कुल ५ लाख अड्चालिस हजार सन्तानव्वे रुपैया सहयोग गरेका हुन् ।
आर्थिक समिति संयोजक समितिका दुर्गा चन्द्र वोहोराले दिएको जानकारी अनुसार उत्पिडित समुदाय उत्थान केन्द्रले २५ हजार १ सय २५ रुपैया केन्द्रका अध्यक्ष गणेश विश्वकर्मा मार्फत प्राप्त भएको छ । मार्फत ३७ हजार १ सय ७५ रुपैया सहयोग प्राप्त भएको छ । स्थानिय तथा सदरमुकाम तम्घासमा विभिन्न पेशा व्यवसाय गरेर वस्ने १ सय ३ जना महिलाहरुवाट उक्त रकम संकलन गरि क्याम्पसलाई प्रदान गरिएको    दलित महिला साझा  मञ्च गुल्मीकी संयोजक मामोनी विश्वकर्माले वताउनु भयो ।
त्यस्तै स्वतन्त्र सिलाई व्यवसायि संघ वाट ३२ हजार प्रदान गरिएको संघका अध्यक्ष लक्ष्मण परियारले वताए । त्यस्तै व्यक्तिगत रुपमा दलित समुदाय वाट बढि रकम प्रदान गर्नेमा एकिकृति नेकपा माओवादी तम्घास गाऊ कमितिका अध्यक्ष धर्म विश्वकर्मा रहनुभएको छ । उहाले १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गर्नु भएको छ ।
शोभायात्रा पश्चात कलशसँगै फोटो खिचाउँदै दलित महिलाहरु । तस्बिर: प्रेम सुनार
त्यस्तै १ लाख भन्दा वढि रकम प्रदान गर्ने उपल्लो तम्घासका सुन चादि व्यवसायि चिन्ता वहादुर सुनार , टोप वहादुर सुनार रहनु भएको छ । यसै गरि पच्चिस हजार भन्दा माथि सहयोग गर्नेमा दिपक सुनार, रामु सुनार, नारायण वराल झविन्द्र सुनार नाम बहादुर सुनार , टिका विश्वकर्मा भानुभक्त सुनार , रामचन्द्र श्रीपाली, टिका विश्वकर्मा र वावुलाल सुनार लगाएतका रहेका छन् ।
यि सवै जनालाई सो क्याम्पसले आजिवन सदस्य वनाइने क्याम्पस प्रमुख चन्द्र कान्त पन्थीले वताउनु भयो ।  यस अघि गुल्मीमा भएका महायज्ञ लगायत धार्मिक कार्यमा दलितको सहभागिता नगराउने प्रचलनलाई तोड्दै रेसुंगा वहुमुखी क्याम्पसले आयोजना गरेको महायज्ञमा दलित महिलाहरुलाई शोभा यात्रामा सहभागी गराएको थियो । २०५९ सालमा  पण्डित नारायण पोख्रेलले गरेको महायज्ञमा दलित महिलालाई शोभा यात्रामा सहभागी गराउन उत्पिडित समुदाय उत्थान केन्द्रले माग गरेपछि सहभागी गराइए पनि कथित उपल्ला जातका महिलाहरुले कलशमा पानी वोकेका थिए भने दलित महिलाहरुको कलशमा वालुवा भर्न लगाइएको थियो ।
यसपालि भने सवैले कलशमा पानी राखेर जग्गे भित्र राखिएको थियो । यो परिवर्तनलाई दलित साझा मञ्च गुल्मीले आन्दोलनकै परिणाम भएको  प्रतिक्रिया दिएको छ । क्याम्पसको यो कार्यलाई स्वागत गरेका छौ मञ्चका अध्यक्ष गणेश विश्वकर्माले भने यो आन्दोलन कै प्रतिफल हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग