Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञमा लाखौको चन्दा घोषणा गरिरहँदा एक गरिव उपचार गर्ने पैसा नभएर रुदै

Published on 4:09:00 AM //


प्रेम सुनार
कार्तिक २६, गुल्मी । तम्घास चिदिचौरको महायज्ञ स्थलमा विष्णु प्रसाद पन्थीलाई १ लाख १० हजारले उछिन्दै २१ लाख १० हजार रुपैँया चन्दा दिने घोषणा राजकुमार श्रेष्ठले माइकिङवाट गरिरहँदा महायज्ञ स्थलको प्रवेशद्धार अगाडि सडक छेउमा विरामी आमा समातेर रुँदै वसिरहेका थिए इस्माका रुकवहादुर घर्ती । उनी आफ्नी आमाको उपचारका लागि अस्पताल भर्ना गर्ने पैसा नभएको भन्दै रोइरहेका थिए ।
आमा सिकिस्त हुनु भयो साथमा पैसा थिएन एक जना नातेदारको खुट्टा ढोगेर एक हजार सापटी लिएर आएको हुँ उनले भने जिप भाडा तिरेर अव बाँकी चार-पाँच सय छ, आमालाई कहाँ लगेर भर्ना गरु । उनि रोएर विलौना पोखेको देखे पछि जिल्ला खेलकुद विकास कार्यलयका सहयोगी लाल वहादुर केसी (हवलदार) ले घर्तीको सहयोगका लागि यसै समचारदातालाई महायज्ञ स्थलवाट वोलाए, त्यसपछि मैले तम्घास अस्पतालमा लगेर भर्ना गर्न पठाए ।
अस्पतालमा सुई सलायन आदि किन्न पठाइयो उनलाई त्यसपछि उनका साथमा खाने पैसा सम्म छैन । पाल्पा रिफर गरिदियो भने म के गरुँ उनले सहयोगको आग्रह गर्दै भने मलाई एक पैसा ऋण पत्याउने कोही छैन । यसरी नै उपचार गर्न ल्याउन नसक्दा एघार दिन अघि निमोनिया विमारले छोराको ज्यान गयो कतै आमाको पनि समयमा उपचार गर्न नसकेर मृत्यु हुने हो की भन्ने पिरमा छु ।
महायज्ञमा लाखौ रुपैयाँ सहयोग घोषणा गरेर फुलमाला अविरले सम्मानित भैरहेको वेला दुई चार हजार रुपैयाको अभावमा उपचार गराउन ओठमुख सुकाइरहेका घर्तीलाई भने लौ १ हजार भनेर भन्ने कोही थिएन । घर्ती त एक उदाहरण मात्र हुन् ।
उनि जस्ता कैयन गरिव विगतमा सहयोगका लागि घरघरै व्यक्ति पिच्छे हात जोडेर सहयोग माग्दा एकादुई सय रुपैया निकालेर दिन धौ मान्छन् । महायज्ञलाई ३० लाख रुपैया सहयोग गर्ने घोषणा गरेको जिल्ला विकास समितिमा केही दिन पूर्व घर्ती जस्तै उपचार खर्च नभएर सहयोग माग्न पुगेका मुसीकोटका भक्तवहादुर विकलाई स्थानिय विकास अधिकारीले तिन सय रुपैया तोक लगाएर दिन सकेनन् । यि दानविरहरु के का लागि दान दिन तयार हुन्छन् ? सच्चा समाज  सेवाका लागि कि दोसल्ला र अबिर, फुलमालाका लागि ? अनुमान पाठकले गर्ने कुरा हो । सहयोग जिवनदानका लागि सवै भन्दा परोपकारी हुन्छ तर उपचारको अभावमा तड्पिरहेकाले पाउदैनन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग