अर्घाखाँची सेवा समाज कतारले दोहामा देउसी खेल्ने
Published on
8:03:00 PM //
भुवन केसी
दोहा, कार्तिक १८ । रोजगारीको सिलसिलामा अर्घाखाँचीबाट कतारमा कार्यरत अर्घाखाँचीबासीहरुको सामाजिक संस्था अर्घाखाँची सेवा समाज दोहा कतारको सातौ मासिक बैठक दोहाको जैदा पार्कमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष युवराज पाण्डेको अध्यक्षता तथा संस्थाका सल्लाहकार सदस्य नर वहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको सो बैठकमा हिन्दुहरुको महान चाड दशै तथा मुस्लिम समुदायको पवित्र चाड इदको अवसरमा गत अक्टोवर २६ मा गरिएको दशै तथा इद मिलन कार्यक्रमको समिक्षा गरिएको थियो ।

स्थानिय संघ संस्था तथा सरकारी निकायमार्फत कार्यबाही चलाउँदा आगामी दिनमा यस्ता घटना नदोहोरिउन भन्नको लागि यो कदम उठाइएको र यो कदम जिल्लाको इतिहासमा नयाँ भएको पनि दावी गर्नुभयो । हिन्दु दिदीबहीनीहरुले आफ्ना दाजुभाईहरुको दिर्घजीवन शुख शान्ति र समृद्धिको कामना गर्दै मनाउने पवित्र चाड शुभ दिपावली २०६९ को यसरी विदेशमा ल्याएर मान्छेलाई अलपत्र पार्नेलाई नेपालमै अवसरमा संस्थाको तर्फबाट देउसी तथा भैली कार्यक्रम सस्थाको तर्फबाट कतारमा खेल्ने र त्यसको लागि सवैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
आफनो मन्तव्य राख्दै सस्थाका खगेश्वर भुसाल, युवराज पोखे्रल, राजकुमार श्रेष्ठ तथा अन्य बक्ताहरुले जिल्लाको हितको लागि नामले नभई काम गर्न आवश्यक रहेको र संस्थाले गरेका काम अत्यन्तै सन्तोषजनक र जिल्लाबाँसीहरुका समय समयका घटने गरेका घटना दुर्घटनामा अर्घाखाँची सेवा समाज दोहा कतारले आवश्यक सहकार्य गदै महत्वपुर्ण भुमिका खेलेको बताउदै यो सस्थामा आवद्ध हुन आम जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको सो बैठकमा सस्थाका कोषाध्यक्ष टेकराज थापा विदामा नेपाल जान लाग्नु भएकाले उहाँको सफल यात्राको लागि शुभकामना व्यक्त गर्दै सम्पन्न गरिएको थियो ।