Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामीका दुईवटा विद्यालयमा अनुगमन, मुसिकोट खानेपानी सञ्चालनमा

Published on 4:26:00 AM //


शान्ति छन्त्याल, गुल्मी २१ । गुल्मीको वामीस्रोतकेन्द्र अन्तर्गतका दुईवटा विद्यालयको निरिक्षण तथा अनुगमन गरिएको छ । वामी स्रोत केन्द्रका स्रोत व्यक्ति टंकनाथ भण्डारीको नेतृत्वमा वामी गाविस वडा नं ३ मा रहेको भगवती प्रावि, वडा नं ६ मा रहेको सर्वहित प्रावि गरी दुईवटा विद्यालयको शैक्षिक, भौतिक र सामाजिक पक्षको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा भगवती विद्यालयमा शैक्षिक र व्यवस्थापन पक्ष निकै राम्रो रहेको र विद्यालयले बालशिक्षामा अध्ययन गर्ने बालबालिकाहरुलाई लागि खाजाको व्यवस्था, बालशिक्षादेखि कक्षा ३ सम्मका दलित बालबालिकालाई निशुल्क पोशाकको व्यवस्था, सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क कापीकलमको व्यस्थालगायतका सकारात्मक कामहरु गरेको पाईएको छ । यसैगरी सर्वहित प्राविमा पनि शैक्षिक र भौतिक पक्ष राम्रो रहेको स्रोत भण्डारीले बताए ।

यसैवीच गत चारदिनदेखि अवरुद्ध गुल्मी मुसिकोट वडागाउँ खानेपानी सञ्चालनमा आएको छ । पौदीअमराई गाविस वडा नंं ३ बाँङ्गेमा पाईप फुटेपछि अवरुद्ध बनेको उक्त खानेपानी पाईप मर्मत गरी जडान गरेपछि सञ्चालनमा आएको खानेपानी मर्मत समिति सदस्य ईन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । उक्त खानेपानीबाट मुसिकोट र वडागाउँका गरी करिव ४ सय घरधुरी लाभान्वित छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग