Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हत्या गरी फालिएको अवस्थामा युवतीको लास फेला

Published on 4:25:00 AM //


धनकुटा, कात्तिक २१ । धनकुटा नपा-७ चुलीवन आराटन जंगलमा ०६९ कात्तिक २१ गते अन्दाजी २५ वर्षीया एक युवतीको लास फेला परेको छ ।

स्थानियवासीहरू घाँस काट्न जंगल जाने क्रममा घाँटीमा थिचेर हत्या गरेको अवस्थामा युवतीको लास फेला पारेका थिए । सो लासको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विष्णुबहादुर कार्कीले बताए ।

लास फेला परेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालको सव गृहमा ल्याएको छ । लासको भोलि मात्र पोष्टमार्टम गरिने प्रहरीले बताएको छ ।

घटनाको प्रकृतिलाई हेर्दा ती युवतीलाई कसैले फकाएर जंगलमा ल्याई हत्या गरेको हुन सक्ने डिएसपी कार्कीले बताए ।

हत्याको आंशकामा प्रहरीले हालसम्म कसैलाई गिरफ्तार गरेको छैन । ३ दिनअगाडि हत्या गरी फालेको मृतक युवतीको घाँटी लगायत जीउका विभिन्न भागमा निलडाम रहेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग