Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पैसाले बदनाम, पैसाले सम्मान: "स्वामी" महायज्ञमै समातिए, महायज्ञमै सम्मानित

Published on 2:39:00 PM //

प्रेम सुनार
गुल्मी २२ कार्तिक । एउटा संयोग नै मान्नुपर्छ करोडौँको ठगी आरोपमा तम्घासमा शुरु भएको महायज्ञ स्थलबाट प्रहरीद्धारा पक्राउ परेका बालब्यास स्वामी विष्णु प्रपन्नाचार्य भनिने विजय भण्डारी पैसा चन्दा दिएर त्यसै महायज्ञस्थलमा सम्मानित भएका छन् ।
​महायज्ञ शुरु हुनुभन्दा अघिल्लोदिन त्यस महायज्ञ अवलोकन गर्न पुगेका उनलाई गुल्मी जिल्ला प्रहरीले पक्राउ गरी काठमाण्डौ लगेको थियो । श्रम विभागमा पुगेका उनलाई ठगीको आरोपमा उजुरी दिएकाहरुलाई रकम बुझाएर धरौटिमा छाडीएको गुल्मीका प्रहरी नायब उपरिक्षक गुरुविष्णु काफ्लेले बताए ।
जमानतमा छाडीएका उनी काठमाण्डौबाट गुल्मी आई सोही महायज्ञस्थलमै सम्मानित भएका छन् । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग घोषणा गरी मञ्चमा गएर सम्मानित भएपनि जम्मा १० हजार मात्रै नगद दिएको आर्थिक समिती सदस्य एवं प्राध्यापक ढुण्डीराज पोखरेलले बताए ।
अर्को एउटा संयोग उनलाई त्यसै स्थानबाट पक्राउ गर्ने डिएसपी काफ्ले मञ्चबाट सम्मानित भई ओर्लँदै गर्दा प्रपनाचार्य सम्मानका लागी माथी उक्लिँदै गरेका थिए । त्यो रोचक दृष्य नियाल्ने कतिपयले ठगीको आरोप लागेका मान्छेलाई पैसा दियो भन्दैमा सम्मान गर्न नहुने भन्दै आलोचना गरेका थिए । आफूलाई विष्णु प्रपन्नाचार्य बताउने उनको बास्तविक नाम विजय भण्डारी रहेको छ । धुर्कोट बस्तु निवासी उनले अमेरीकाको एक धार्मिक कार्यक्रममा लैजान्छु भन्दै थुप्रै व्यक्तिहरुसंग १ लाख भन्दा बढीका दरले रकम लिई करोडौँ ठगी गरेको प्रहरीको दावी छ । यस्तो आरोप लागेका मानिस म्मानित हुँदा पैसावालाहरु जस्तो जे भएपनि पैसातिरेपछि सम्मानित हुने परम्परालाई यसले बढावा दिएको छ । यो आरोप भोलीका दिनमा पुष्टी भए कालोधनलाई सेतो बनाउने पुरानो खेल सावित हुने देखिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग