Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञ तीन करोड भन्दा वढी रकम संकलन

Published on 11:24:00 PM //


जनार्दन घिमिरे
गुल्मी, २२ कात्तिक । रेसुङ्गा क्याम्पसको वृहत्तर विकास सँगै शैक्षिक अनुसन्धान केन्द्र स्थापना गर्नकालागि गत वुधवारदेखि गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको श्रीमद् भागवत विश्व शान्ति ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । उक्त महायज्ञमा रु तीन करोड १२ लाख रुपैंयाँ संकलन भएको महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
रेसुङ्गा वहुमुखी क्याम्पस गुल्मीद्वारा आयोजना गरिएको उक्त महायज्ञमा सवै भन्दा वढी चन्दा रकम सहयोग गर्नेहरुमा गुल्मी स्थित तम्घास गाविस ४ निवासी राजकुमार श्रेष्ठ र तम्घास ६ निवासी बिष्णु प्रसाद पन्थी रहनु भएको छ । नगद र जग्गा सहित श्रेष्ठले रु २१ लाख रुपैंया र पन्थीले २० लाख रुपैंया महायज्ञमा दान गर्नु भएको हो । त्यसैगरि संस्थागत रुपमा महायज्ञका लागि जिल्ला विकास समिति गुल्मीवाट रु ३० लाख रकम प्रदान गरिएको थियो । विश्वहिन्दु महासंघका केन्द्रिय अध्यक्ष दामोदर गौतमले उद्घाटन गर्नु भएको उक्त महायज्ञको प्रमुख वाचकको रुपमा वाचन प्रविण दिनबन्धु पोखरेल रहनु भएको थियो । महायज्ञमा क्याम्पस संचालक समितिले रु ३ करोड ४१ लाख रुपैंयाँ संकलन गर्ने अपेक्षा राखेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग