Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षाको कार्यशाला र उत्पीडीत समुदाय उत्थान केन्द्रको साधारण सभा सम्पन्न

Published on 5:17:00 AM //


प्रेम सुनार
गुल्मी कात्तिक २४, जिल्ला शिक्षा कार्यलय गुल्मीको आयोजनामा पाचँ दिने कक्षा ८ को प्रश्न निमार्ण कार्यशाला तम्घासमा सम्पन्न भएको छ । कार्यशालामा पाठ्यक्रमको अवधारणा र तत्वहरु पाठयक्रम पाठयपुस्तक र शिक्षक निर्देशिकाको प्रयोग परिक्षा मापन र मुल्याकन प्रश्नपत्र तथा उत्तरपुस्तिका निमार्ण, बिशिष्टिकरण तालिम र प्रश्नपत्र परिक्षा ब्यवस्थापन र सञ्चालन सार्वजनिक परिक्षा प्रणाली र बिद्यार्थी उपलब्धी उत्तरपुस्तीका परीक्षण सम्बन्धी छलफल भएको थियो ।
पाचँदिनसम्म चलेको कार्यशालामा कक्षा ८ मा अध्ययापन गर्ने शिक्षकहरुको सहभागीता रहेको थियो । कार्याशालाको सहजिकरण शाखा अधिकृत हरिलाल अर्याल, विद्यालय निरीक्षकहरु दीपक भण्डारी, झविलाल वि.क.र जितेन्द्र भण्डारीले गर्नुभएको शिक्षक इन्द्रबहादुर घर्तिले जानकारी दिनुभएको छ । जिल्ला शिक्षा कार्यालयका उपसचिव भोजबहादुर के.सींको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिद्धबाबा उच्च माध्यमिक बिद्यालयका प्राचार्य डोरबिक्रम श्रीस, सहभागी शिक्षक डोलराज खनाल र थम्मन बहादुर के.सीले आफ्नो धारणा राखेका थिए ।


उत्पीडीत समुदाय उत्थान केन्द्र गुल्मीको १६ औ बार्षिक साधारण सभा आज सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । साधारण सभाले बार्षिक आय ब्यय प्रतिबेदन अनुमोदन गर्नुका साथै कार्य प्रगतिको समिक्षा गर्दै सँस्थाले आफ्नो उद्देश्य अनुरुप काम गरेको ठहर गरेको छ । सभामा केन्द्रका सचिव छविलाल बार्षिक कार्य प्रगति प्रतिबेदन, कोषाध्यक्ष धनेन्द्र बिश्वकर्माले आयब्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बार एशोसिएसन गुल्मीका अध्यक्ष प्रेमराज आचार्यको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै सस्थाका सल्लाहाकार एवं जिल्ला विकास समितीका कार्यक्रम अधिकृत शंकर प्रसाद गौतम, अधिबक्ता गोपाल प्रसाद खनाल, गैसस महासघंका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, दलित साझा मञ्चका सदस्य भविन्द्र सुनार, गैसस महासघंका पुर्व अध्यक्ष दान बहादुर के.सी., दलित महिला सघंकी अध्यक्ष कमला बराल लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । सस्थाका अध्यक्ष गणेश बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुष्ण सुनारको स्वागत मनतब्य र सञ्चालन सह सचिव दल बहादुर बिश्वकर्माको रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग