Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Published on 5:11:00 AM //


प्रेम सुनार
गुल्मी, कात्तिक २४ । फिस्टेल मिडीया प्राली बुटबलको आयोजनामा आज शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिबीर अर्घाखाचीको मरेङ्ग ३ मा सञ्चालन हुने भएको छ ।
भैरहवा मेडीकल कलेजका ६ जनाभन्दा बढी स्वास्थ्यकर्मीहरुले उपचार गर्ने उक्त निःशुल्क स्वास्थ्य शिवीरमा स्त्रीरोग, वालरोग, नाक कान घाँटी, नसा तथा हाडजोर्नी रोगका बिशेषज्ञहरुबाट उपचार हुने आयोजक फिस्टेल मिडीया प्राली बुटबलले जानकारी दिएको छ । मरेङ्ग ३ बिरेन्द्र शिक्षा क्याम्पसको प्राङ्गणमा हुने निःशुल्क स्वाथ्य शिवीरमा अर्घाखाचीका मरेङ्ग, खन, खनदह, अर्घातोष, ठुलापोखरा र छिमेकी जिल्ला गुल्मीका अर्खले, पिपलधारा, नयाँगाउँ लगायत पुग्न सक्ने सबैको निःशुल्क उपचार गरिने आयोजक सस्थाका प्रदीप आचार्यले जानकारी दिनुभएको छ । शनिवार बिहान ८ बजेबाट शुरु हुने उक्त शिबीरको अन्तिम तयारी पुरा भएको उहाँले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग