Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डिआईजी वज्राचार्य गुल्मीमा, प्रहरी संघठन सुदृढ गर्ने बताए

Published on 11:22:00 PM //


प्रेम सुनार
मंसिर १०, गुल्मी । पोखराबाट निरिक्षण भ्रमणमा गुल्मी आएका प्रहरी नायव महानिरक्षका रमेश शेखर बज्रचार्यले यतिबेला प्रहरी आन्तरिक सुदृढिकरणमा लागेको बताएका छन् । आज यहाँका पत्रकारहरुसंग भेटघाट कार्यक्रमका अवसरमा उनले यस्तो बताएका हुन । अबको परिवर्तित राजनीतिक र सामाजिक अबस्थालाई ध्यानमा राखी पहिला प्रहरी नै आन्तरिक सुदृढीकरणमा नलागे जनतालाई सेवा दिन नसकिने बताएका छन । प्रहरी संगठन अधिकृतदेखि जवानसम्म सुदृढकिरण अभियानमा लागेको बताउँदै बज्रचार्यले भने ‘जबसम्म प्रहरी आन्तरिक रुपमा सदृढ हुन सक्दैन तबसम्म जनतालाई सेवा दिन सकिदैन ।’
सदरमुकाम तम्घासमा आईतवार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै बज्रचार्य । तस्बिर: प्रेम सुनार
जनता अहिले निकै सचेत भईसकेको र परिवर्तनको अनुभुती चाहेकाले त्यही अनुरुप प्रहरी सुदृढ हुनुपर्ने उनको धारणा थियो । समाजमा गलत र अपराध गर्ने मान्छे सिमित हुन्छन बज्रचार्यको धारणा थियो ‘समाजमा ८० प्रतिशत भद्र मानिसहरुलाई साथमा लिएर २० प्रतिशत अपराधिक मान्छेलाई प्रहरीले नियन्त्रणमा लिनुपर्दछ ।’ गुल्मीमा मानिसहरु बस जिपको छतमा बस्ने समस्या, देशमै सबै भन्दा बढी आत्माहत्याको संख्या बढ्ने र पुराना अपराध अभियोगीहरु पक्राउ नपर्नु लगायतका समस्या जिल्लाका पत्रकारहरुले दर्शाएका थिए । त्यस्तै गुल्मीको सिमलटारी प्रहरीचौकीका प्रहरीहरु १३ घण्टा सम्मको कार्य क्षेत्र दुरीमा काम गर्दा निकै सास्ती खेप्नु परेको र त्यस क्षेत्रका जनताले पनि समयमा प्रहरी सेवा पाउन नसको कुरा पत्रकारले ध्यानकृष्ट गराएका थिए ।
एमाले नेता माधवकुमार नेपालको प्रधानमन्त्रीकालमा हवाङ्गदीमा प्रहरी चौकी पारिए पनि त्यो प्रहरीचौकी उनै माधवकुमार नेपालकै गृह जिल्लामा सारिएको प्रति ध्यानकृष्ट गराउँदै क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सम्मेलन समिति सदस्य प्रेम सुनारले त्यस क्षेत्रमा प्रहरी चौकी राख्ने पहल गर्न प्रहरी नायव महानिरिक्षक बज्रचार्यको ध्यानकृष्ट गराएका थिए ।
जवाफमा बज्रचायले आफुले पहल गर्ने बताएका थिए । उनले गुल्मीका पुर्व प्रहरी प्रमुख राजकुमार वैदवारको कर्याशैलीप्रति प्रहरी प्रधान कार्यालयले उच्च मुल्यांकन गरेको बताए । त्यस्तै वर्तमान प्रहरी प्रमुख गुरुविष्णु काफ्लेको कार्य दक्षता उच्च रहेकोले बैदवारले जस्तै सफलता हाँसिल गर्ने बिश्वास ब्यक्त गरे । उनिसंगै पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक विभुतिराज पाण्डे र प्रहरी नायव उपरिक्षक वैदवार पनि आएका थिए । पश्चिमाञ्चल प्रहरी प्रमुखको जिल्ला भ्रमणले यहाँको प्रहरी संगठनको हौसला बढेको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए । उनले प्रहरी र पत्रकारहरुको नङ्ग र मासुको सम्वन्धलाई निरन्तरता दिदै जिल्लाबासीलाई शान्ति सुरुक्षा र र अन्य सामाजिक सेवा दिन सकिने भन्दै मिलेर काम गर्न आग्रह गरे ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग