Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला मैत्री कानुनको प्रभावकारी कर्यान्वयन गरिनुपर्नेमा जोड

Published on 12:07:00 AM //


नरेश भण्डारी
गुल्मी । मंसिर १० । महिला हिसा विरुद्धको १६ दिने अभियानको अवसरमा ०६९ मंसिर १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, जिल्ला कार्यालय र दलित महिला संघ, गुल्मीको आयोजनामा महिला हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ०६९ मंसिर १० गते उद्घाटन मन्तव्य
राख्दै प्रमुख जिल्ला अधिारी कविन्द्र नेपाल । फोटो ः नरेश भण्डारी
अन्तरक्रियाको अवसरमा १६ दिने अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले अभियानले महिला अधिकारको प्रत्याभूती दिलाउन चेतना विस्तार गर्ने भन्दै व्यक्तिहरुमा भएको पृतिसतात्मक सोँचमा परिवर्तन गर्न सकेमा मात्र महिला माथिका हिंसा अन्त्य हुने बताए । उनले नीति नियम र कानुनले मात्र महिलालाई अधिकार सम्पन्न गराउन नसक्ने भन्दै भएका कानुनको प्रभावकारी कर्यान्वयन र उपभोगको वातावरण निर्माण गरिनु पर्ने धारणा राखे ।
महिला मानवअधिकार रक्षक सञ्जालका उपाध्यक्ष जानकी ज्ञवालीले प्रस्तुत गरेको महिला हिंसा न्यूनिकरणमा सराकारवालाहरुको भूमिका विषयक कार्यपत्र उपर जिल्ला शिक्षा कार्यालयका उपसचिव दिवाकर भण्डारी, जिल्ला इन्जिनियर लालु गिरी, जिल्ला स्वास्थ्य कार्यालयका डा. गोविन्द अधिकारी, महिला तथा बालबालिका कार्यालयकी सावित्रीकुमारी भण्डारी, महिला पुनस्थापना केन्द्रकी सृजना त्रामु, मानवअधिकारको लागि एकल महिला सञ्जालकी मिना पन्थ, मानवअधिकार संगठनकी विष्णु सापकोटा, नेपाल पत्रकार महासंघका भरत पाण्डे, पत्रकार गगनशिला खड्का, अधिकार कर्मी कमला विक, छविलाल विक, हिमबहादुर बोहोरा लगायतले कार्यपत्रले समेटेका विषयबस्तुलाई ५० प्रतिशत लागु गर्न सकेमामात्र पनि महिला हिंसा विरुद्धको अभियानले सार्थकता पाउने धारणा राखे ।
कार्यपत्रले महिला माथि हुने हिंसा न्यूनिकरणमा महिला आफैले हिंसा उजागर गर्ने र सहेर नबस्ने, संगठित हुने, स्त्री भ्रुण हत्या विरुद्ध आवाज उठाउने, छोरा छोरीलाई समान अवसर दिने, महिलाला–महिलामा सहयोग आदान प्रदानको बातावरण बनाउने र महिला अधिकार क्षेत्रमा कृयाशिल संघ संस्था विचमा सहयोग आदान प्रदान गर्ने जस्ता पक्ष औलाएको छ । कार्यपत्रमा पति, परिवार, समुदाय, संघ संस्था, सञ्चार माध्यम, नागरिक समाज तथा मानवअधिकारकर्मीहरु, राजनीतिक दल, राज्यका निकाय आदिले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बारे समेटिएको छ । कार्यपत्रमा महिला अधिकारको क्षेत्रमा विद्यमान कानुनि प्रावधान र कार्यान्वयनको संक्षीप्त झलक पनि प्रस्तुत गरेको छ ।
इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालको अध्यक्षता, दलित महिला संघकी अध्यक्ष कमला बरालको सञ्चालनमा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि एवं मावअधिकारको लागि नागरिक सञ्जालका सचिव नरेश भण्डारीले अभियान र कार्यक्रमको उद्देश्यबारे मन्तव्य राखेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग