Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीलाई चक्कु हानेर हत्या गर्नेलाई १४ वर्षको जेल सजायँ

Published on 4:04:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २३ कात्तिक । गत वर्ष दशैँको पूर्णमाको दिन प्रहरीको हत्या गर्ने एक व्यक्तिलाई गुल्मी जिल्ला अदालतले १४ वर्षको जेल सजायँ सुनाएको छ ।
२०६८ साल दशैँको पूर्णिमाको दिन गुल्मीकै नयाँगाउँमा सुरक्षाको लागी खटीएका प्रहरी जवान सूर्यबहादुर थापालाई हत्या गर्ने अभियुक्त नयाँगाउँका नरबहादुर गुरुङ्गलाई जिल्ला अदालत गुल्मीले आज १४ वर्ष कैद सजायँको फैसला गरेको हो । गत वर्ष असोज २४ गते नयाँगाउँमा भएको पूर्णिमा सरायँ नाचमा प्रहरी जवान सूर्यबहादुर थापालाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने नयाँगाउँ ८ गुरुङ्गगाउँका नरबहादुर गुरुङ्गलाई अदालतले हत्यारा ठहर गर्दै १४ वषर्को कैद सजायँ सुनाएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले बताउनुभयो ।
हत्या गरिएका प्रहरी जवान सुर्य बहादुर थापाको शबको फाइल तस्बिर । घनश्याम गौतम
प्रहरीले तत्कालीन अवस्थामा झैँझगडामा संलग्न ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्य २ जनालाई तत्काल निर्दोष सावित गरी छाडिएको र ९ जना विरुद्ध मुद्धा दायर भएकोमा नरबहादुर हत्यारा सावित भएको अदालतले फैसला गरेको छ । प्रहरी जवान थापाले स्थानिय यूवाहरुविच भएको झगडा नियन्त्रणका क्रममा गुरुङ्गले छातीमा छुरा प्रहार गरी हत्या गरेको फैसलामा उल्लेख छ । घटनाको दोश्रो दिन हाडहाडे गाविसको एक जंगलमा लुकेर वसेको अबस्थामा पक्राउ परेका गुरुङ्गलाई हालसम्म पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा थुनामा राखेको र आजको फैसलापछि सोही कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग