Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिहारमा पटका नियन्त्रणमा गुल्मी प्रहरीको अभियान

Published on 4:14:00 AM //


प्रेम सुनार
२३ कार्तिक, गुल्मी । नजिकिँदै गरेको तिहारमा पटकाजन्य पदार्थ भित्रीन सक्ने कुरालाई ध्यानमा राखी गुल्मी जिल्ला प्रहरीले बिहीवारदेखि तिहारको अन्तिमसम्म गुल्मी भित्रने मूख्य सडक र सहायक सडकहरुमा छड्के चेकजाँच गर्ने भएको छ ।

तिहारमा पटाका पड्काउँदा आगलागी हुने र मानिसहरु घाईते समेत हुने कुरालाई ध्यानमा राखि पटका नियन्त्रणका लागी प्रहरीले सडक चेकजाँचका साथै पसलहरुमा छापा समेत मार्ने प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले बताउनुभयो ।
प्रहरी निरीक्षक जितेन्द्र बस्नेतका अनुसार बिहीवारैदेखि प्रहरीले सदरमुकाम तम्घासका पसलहरुमा निगरानी र यातायातका साधनहरुमा चेकजाँच शुरु गरेको छ । कसैले पटका बेचविखन गरेको पाईए प्रहरीलाई सुचित गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग