Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञमा एकै दिन साढे ३२ लाख उठ्यो, ४ दिनमा सवा करोड जम्मा

Published on 5:20:00 AM //

महायज्ञको फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।
थप फोटोहरु हेर्न यहाँ क्लिक हर्नुहोला ।

पि.एम.मगर
गुल्मी, कार्तिक १८ । रेसुङ्गा बहुमुखी क्याम्पसको सदरमुकाम तमघासमा चलिरहेको महायज्ञको चौथो दिन मात्रै ३२ लाख ५७ हजार भन्दा वढी रकम चन्दा संकलन भएको छ ।
 आर्थिक समिति संयोजक दुर्गाचन्द्र बोहोराले दिएको जानकारी अनुसार आज चौथो दिन मात्रै ३२ लाख ५७ हजार ४३ रुपैयाँ संकलन भएको छ । अहिलेसम्म चार दिनको गरी झण्डै १ करोड १४ लाख रुपैयाँ संकलन भएको उहाँले जानकारी दिनुभयो । महायज्ञको आज चौथो दिन चिन्तामणी निमकला भुसाल स्मृति प्रतिष्ठानले १५ लाख १ हजार ५ सय रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै रेसुङ्गा क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ, रेसुङ्गा क्याम्पसकै स्वतन्त्र विद्यार्थी युनियनले १ लाख १ हजार १ सय ११ रुपैयाँ, तमघास गाविस वार्ड नं. १ का फर्सुराम कण्डेलले १ लाख १ हजार १ सय ११ रुपैयाँ, तमघास ३ का हिरा वहादुर मल्लले १ लाख १ हजार १ सय ११ रुपैयाँ, तमघास १ का रुमानसिँह गिरीले १ लाख १ हजार १ सय ११, तमघास खानीगाउँ निवासी यमवहादुर थापा क्षेत्रीले १ लाख १ हजार १ सय ११ रुपैयाँ महायज्ञलाई प्रदान गर्नुभएको थियो । चन्दादाताहरुलाई वाचन शिरोमणी पण्डित दीनवन्धु पोखरेलले सम्मान गर्नुभएको थियो ।
हिजो तेस्रो दिन १६ लाख ५६ हजार ४ सय ५ रुपैयाँ संकलन भएको थियो भने दोस्रो दिन ६ लाख भन्दा बढी र पहिलो दिन वुधवार ५८ लाख रुपैयाँ चन्दा संकलन भएको थियो । सहयोगको क्रम वढ्दै गएपछि महायज्ञको लक्ष्य पूरा हुने देखिएको मूल समारोह समिति संयोजक सुरेशचन्द्र भुषालले बताउनुभयो ।  सञ्चालक समितिका प्रत्येक सदस्यले १ लाखदेखि २ लाखसम्म दिने निर्णय भएको प्रचार प्रसार उपसतिका संयोजक श्रीप्रसाद भलामीले बताउनुभयो । उहाँले २० लाख भन्दा बढी सञ्चालक समितिबाटै उठ्ने उहाँले वताउनुभयो । तमघासका प्रति घरधुरी १५ सय रुपैया स्वेच्छिक प्रदान गर्न आग्रह गरिएको संयोजक भुषालले बताउनुभयो ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग