Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलहरु असफल भए, नयाँ क्रान्तिकारी शक्ति चाहियो ः श्रीस

Published on 7:07:00 PM //


प्रेम सुनार
गुल्मी १९ कार्तिक । नेकपा एकीकृतका केन्द्रिय सदस्य राम सिंह श्रीसले अहिलेका दलहरु पूर्ण रुपमा असफल भएकोले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न नयाँ क्रान्तिकारी शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । दलहरु सँधै सत्ता स्वार्थका लागी मात्रै अल्झिएर देश र जनताको लागी कुनै काम गर्न नसकेकोले अव नयाँ क्रान्तिकारी शक्तिको अनिवार्यता रहेको उहाँको भनाई छ ।
नेकपा एकीकृतले मगराँत प्रदेशमा सञ्चालन गर्न लागेको जनजागरण अभियानको उद्घाटनको लागी गुल्मी आउनुभएका श्रीसले तम्घासमा आयोजीत पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । प्रजातन्त्रको लागी भनेर पञ्चायत र राजा फालिएको तर तर दलहरुले प्रजातन्त्रको अनुभुति हुने केही काम नगरेर खाली सरकारकै कुरामा अझिएको उहाँको आरोप छ । दलहरुले देशलाई संविधान बिहीन बनाएकोले आर्थिक रुपान्तरण, रोजगारी लयातका समस्या समाधान गर्न अव नयाँ क्रान्तिकारी शक्तिको उदय अनिवार्य रहेको उहाँको भनाई छ । उहाँले त्यो क्रान्तिकारी शक्ति कुन हुने भन्नेबारे यकिन नभएकोले जनताले स्थापना गर्नुपर्ने बताउनुभयो ।
२०४६ सालदेखि दलहरुले मिलेर शासन गरीरहेपनि जनतालाई झन् पिडा थप्दै गएकोले अव उनीहरुको विकल्प खोज्नैपर्ने उहाँको तर्क छ । काँग्रेस, एमाले र एमाओवादीले शासन गर्न थालेपछि झन् बेरोजगारी बढेको र देशको हित विपरीत असमान सन्धिहरु भएकोले अव नयाँ शक्ति को आवस्यकता परेको उहाँको भनाई छ ।
श्रीसले अहिले देशमा जननिर्वाचित निकाय कुनै पनि नहुँदा देश भ्रष्टाचार र मनपरीतन्त्रको अखडा बनेको समेत बताउनुभयो । माओवादीले आफै संविधानसभाको निर्वाचन घोषणा गरेर आफै फेरी संविधानसभा पुनस्र्थापना गर्नु ढुलमुले चरीत्र भएकोले यसले देशलाई निकाश दिन नसक्ने पनि उहाँको दावी छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग