Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टप टेनमा गुल्मी उद्योघ वाणिज्य संघः तिवारी

Published on 5:01:00 AM //


प्रेम सुनार
मंसिर २३, गुल्मी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रि सदस्य गुणनिधी तिवारीले देशका ९२ वटा वाणिज्य संघ मध्ये गुल्मी उद्योग वाणिज्य संघ टप टेनमा रेहेको बताएका छन् ।
तिवारीले आज गुल्मी उद्योग वाणिज्य संघको २१औं साधारण सभालाई उद्घाटन गर्दै यस्तो बताएका हुन् । सामाजिक आर्थिक क्षेत्रमा गुल्मी उद्योग वाणिज्य संघले खेलेको भुमिका सह्रानीय भएको उल्लेख गर्दै प्रमुख अतिथी तिवारीले देशका ९२ वटा वाणिज्य संघ मध्य गुल्मी उद्योग वाणिज्य संघ टप टेनमा रहेको मुल्याङ्गन महासंघले गरेको बताए ।
गुल्मी वाणिज्य संघले पर्यटन विकासका लागि खेलेको भुमिका पनि सराहनिय रहेको भन्दै तिवारीले गुल्मीको होमस्टे विकासका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य शंकर श्रेष्ठ, भुषणराज बल्लव, पाल्पा उद्योग वाणिज्यका मधुदयाल शैजु, बुटवल बाणिज्य संघका अध्यक्ष शुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष जयप्रताप गुप्ता, नवलपरासी उद्योग वाणिज्य संघका महासचिव केशव भण्डारी र बुटवल उद्योग वाणिज्य संघका कार्यालय सचिव हरी अर्याल, महेन्द्र सिँह लगाएतका वाहिरी जिल्लाका अतिथिहरुको सहभागिता थियो ।
कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले कार्यसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भण्डारीको प्रतिवेदनमा संघले गतवर्ष ऐतिहासिक प्रथम गुल्मी महोत्सब आयोजना  गरेर गुल्मी जिल्लालाई चिनाउन सफल भएको, महोत्सवबाट प्राप्त रकमले विभिन्न सामाजिक कार्य, विकास निर्माणमा संघसस्थालाई अनुदान दिइएको उल्लेख छ । अध्यक्ष भण्डारीको कार्यकालमा बढी मात्रामा सामाजिक उत्तरदायित्वको भूमिका प्रसंसनीय रहेको बक्ताहरुको प्रतिक्रिया थियो । उनको पालामा बजार अनुगमन, तमघास बजार सरसफाई, जिल्लामा कालो पलाष्टिक निषेधको अगुवाई र जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा उल्लेखनीय भूमिका रहेको बक्ताहरुको प्रतिक्रिया थियो ।
त्यस्तै कोषध्यक्ष बोमराज श्रेष्ठले संघको ३१ लाख ४४ हजार ६ सय ५१ रुपैयाँ बराबरको आय-व्यय प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमा आर्थिक वर्ष २०६९/७० का लागि अनुमानित बजेट २२ लाख ९७ हजार ३ सय ५० रुपैया रहेको छ । कार्यक्रममा एकिकृत नेकपा माओवादीका राज्य समिति सदस्य अशोक थापा, नेपाली काँग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बोमबहादुर खड्का, नेकपा माओवादीका जिल्ला संयोजक बिरबहादुर कार्की, राप्रपा नेपालका अध्यक्ष ठाकुर प्रसाद पाण्डे लगाएतका राजनीतिक दलको सहभागिता थियो ।
साधारण सभाको अबसरमा सम्पूर्ण सामाजिक संस्थाको तर्फबाट गैहसरकारी महासंघ गुल्मीका अध्यक्ष विष्णुप्रसाद भण्डारी, गुल्मी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरप्रसाद श्रेष्ठ, नन्दराम भुषाल, डिल्लीराज भुषाल, राजेन्द्र प्रसाद श्रेष्ठ, लगाएतले शुभकामना मन्तव्य दिएका थिए । नयाँ कार्यसमितिका लागि अहिले मतदान प्रक्रिया चलिरहेको छ । उद्घाटन कार्यक्रममा गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता, उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको स्वागत मन्तव्य र महासचिव कृष्णप्रसाद पोखरेलको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग