Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माइतीको ऋण तिर्न पढाइ छाडेर विदेश (अडियो कुराकानी सहित)

Published on 5:05:00 AM //

रासस
धुर्कोट (गुल्मी), मंसिर २३ - नेपाली समाजमा छोरीको आम्दानी माइतीले खान हुादैन भन्ने प्रचलन रहेको छ । तर गुल्मीको नेटा गाविसमा एक युवतीले वैदेशिक रोजगारीमा गएर माइतीको ऋण तिरेकी छन् ।

नेटा गाविस-७ की २२ बर्षीया कोपिला विश्वकर्माले बाबु भीमबहादुर विकले चार सन्तान हुर्काउादा र पढाउादा लागेका ऋण वैदेशिक रोजगारीमा गएर तिरेकी हुन् । ऋण तिर्न नसकेर बाबुआमा समस्यामा परेपछि कक्षा ९ मा पढ्दै गर्दा आफू पढाइ छाडेर विदेश गएको कोपिलाले बताइन् । छोरीले दुई वर्षसम्म दुबईमा बसेर दुई लाख ५० हजार रुपैयाँ ऋण तिरेको भीमबहादुर स्वीकार्छन् ।

कोपिलाका दुई भाइ नेटा दर्लिङ्ग उच्च माविमा दस जोड दुई र बहिनी कक्षा- ९ मा अध्ययनरत छन् । 'भाइहरूलाई सकेजति पढाएर जागिरे बनाउने हो', कोपिलाले भनिन्,' बहिनीलाई पनि उच्च शिक्षा पढाउने इच्छा छ ।'

दुई वर्षमा अढाई लाख कमाएर बाबुको हातमा पारेकी कोपिला यसपालि बाबुले लगाएको ऋण तिर्ने र फेरि ओमनमा गएर थप कमाउने योजनामा छिन् । गाउामा मजदुरी गर्न दुःख अनि पैसा पनि थोरै, तर विदेशमा दुःख कम र पैसा धैरै पाइने अनुभव सागालेकी कोपिला ओमनमा मासिक १६ हजारसम्म कमाउने गरेको बताउछिन् ।
यसै बिषयमा कोपिलासँग गुल्मीन्युज सहयोगी प्रेम सुनारले गर्नुभएको अडियोवार्ता सुनौँ:

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग