Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेनापतिको आदेश: कि साइकल कि पैदलमा कार्यालय जाउ

Published on 6:23:00 AM //


काठमाडौ, पुस ६ - प्रधानसेनापति गौरवशमशेर राणाले आफ्ना सैनिक अधिकृतलाई हप्ताको एक दिन पैदल वा साइकल चढेर कार्यालय आउन आदेश दिएका छन् । उनले वातावरण प्रदूषण कम गर्न हरेक शुक्रबार गाडी नचढ्न रथीदेखि उपसेनानीसम्मलाई आदेश दिएको सैनिक प्रवक्ता सुरेशराज शर्माले बताए । तर त्यो आदेश बिहान १० देखि ५ सम्म चक्रपथभित्र कार्यालय हुने सैनिक अधिकृतका लागि मात्र लागू हुनेछ । बिहान कुनै बैठक वा अन्य केही कार्यालयकै काम परेर निस्कनुपर्ने अधिकृतले कार्यालयकै गाडी प्रयोग गर्न पाउनेछन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग