Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बनमौरीले कर्मचारीलाई आक्रमण गरेपछि केही दिनको लागि विद्युत बन्द

Published on 5:54:00 AM //

आपत रामजाली, ५ पुस बागलुङ ।  बागलुङ जिल्लाको भिमगिठे गाउँ विकास समितिमा रहेको ८५ किलोवाट क्षमताको  मध्यभिमगाट लघुजलविद्युत परियोजनाको पावरहाउसमा रहेका अपरेटरलाई बनमौरीले आक्रमण गर्न थालेपछि विद्युत सेवा बन्द भएको छ ।
पावरहाउस नजिकै रहेको भिरमा बसेको मौरीलाई स्थानीय गाई-बाख्रा चराउन आएका गोठालाहरुले जिस्काउँदा विद्युतका कर्मचारीलाई टोक्न थालेपछि हतार गरेर बन्द गरिएको थियो । बागलुङ र गुल्मी जिल्लाका गरी ७ सय ५० घरधुरीका स्थानिय बासिन्दालाई विद्युत सेवा पु¥याएको उक्त जलविधुत परियोजना बन्द हुदाँ स्थानियबासी मर्कामा परेका छन । अहिले विद्युत सेवा बन्द भए पनि स्थानिय घरेलु उद्योगहरु समेत अवरुद्ध बनेको स्थानियबासीहरुले बताएका छन् ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग