Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी उद्योग बाणिज्य संघ पदाधिकारी विहिन, राजनीति भागवण्डाले दुई भाईबीच लडाई

Published on 3:58:00 PM //


प्रेम सुनार
पौष १, गुल्मी । गणतन्त्रको उदयसँगै हरेक क्षेत्रमा समावेसी प्रतिनिधित्वको मागलाई गुल्मी उद्योग वाणिज्य संघले पनि संबोधन गर्न थालेको छ । फलस्वरुप राजनीतिक भागवण्डाका कारण अधिकांस  पदमा रहने काँग्रेस निकट व्यवसायीहरु मध्ये पदाधिकारी पदमा रहन नपाएपछि कोही राजीनामा दिँदै छन् त कोही आफ्नै भाईसँग पदको लडाई लड्दै छन् ।
मंसिर २४ र २५ गते साधारणसभा सम्पन्न भएको एक हप्ता बित्यो तर राजनैतिक भागवण्डाका कारण अध्यक्ष बाहेक गुल्मी उद्योग वाणिज्य संघ यतिबेला पदाधिकारी विहिन बनेको छ ।
कोषाध्यक्ष र सचिव पद पुरानै पदाधिकारीहरुलाई नै दिईएपछि अखिलेश्वर प्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन भएपनि अन्य पदाधिकारीहरु चयन हुन नसकेको हो । पदाधिकारी चयनमा  ढिलाई भएपनि  बामपन्थीहरुले गुल्मी उद्योग बाणिज्य संघ के काँग्रेसको मात्रै पेवा हो र ? भनेर प्रश्न उठाइरहेको बेला यसपाली  गुल्मी उद्योग बाणिज्य संघ राजनैतिक, लैङ्गिक र जातीय रुपले समेत समावेशी संघ बन्ने अभ्यासमा उभिएको चर्चा चलेको छ  । फलस्वरुप सबैभन्दा धेरै सदस्य भएका काँग्रेसलाई अध्यक्ष, एक उपाध्यक्ष र महासचिव, एमालेलाई एक उपाध्यक्ष र सचिव माओवादीलाई कोषाध्यक्ष पद बाँडफाँड गरीएको बताइएको छ । यो बाँडफाँडले  विशेषगरी सचिव पदका लागि दुई भाईबीच लडाई पर्न गएको छ  ।
संघका निवर्तमान सचिव तारा भुषाल (काँग्रेस निकट) ले सोही पदमा दावी गर्दै आएका छन् । तर राजनैतिक भागवण्डामा सचिव पद एमालेको पोल्टामा परेपछि सो पार्टी निकट उनका काकाका छोरा विरेन्द्र भुषाल निश्चितप्राय बनेका छन् । उता काँग्रेस निकट गोमराज श्रेष्ठको पूर्व कोSध्यक्ष पदपनि माओवादी निकट  दुर्गाचन्द्र बोहोराले  लैजाने भएपछि  श्रेष्ठले कार्यसमितिबाटै राजीनामा दिएका छन् । श्रेष्ठले सुरुमा अध्यक्ष , पछि उपाध्यक्ष र कोषाध्यक्ष पदमै रहन पाउनुपर्ने  अडान लिदै आएका थिए ।
। उपाध्यक्षमा भने  एमाले निकट निवर्तमान उपाध्यक्ष दुर्गा प्रसाद पाण्डे र काँग्रसका महाधिवेशन प्रतिनिधि समेत रहेका श्रीप्रसाद भलामी सर्वसम्मत जस्तै भएको बताइएको छ । त्यस्तै महासचिव पदमा पूर्व महासचिव कृष्ण प्रसाद पोखरेल पनि निश्चितप्राय भएको कार्यसमितिका एक सदस्यले बताए । पदाधिकारी चयन ढिलाई हुनुको कारणबारे जिज्ञासा राख्दा नवनिर्वाचित अध्यक्ष पाण्डेको छोटो जवाफ थियोे ‘ नआतिनुहोस् अब छिट्टै घोषणा गर्छौ ”
उहाँले अब छिट्टै भनेपनि विगतमा दुई दिनमै घोषणा हुने पदाधिकारी चयन अझै  केही हप्ता लाग्ने हो कि भन्ने आसंका बढेको छ । तर जे होस् ढिलै भएपनि बामपन्थीहरुले लगाउने गरेको आरोप चिर्दै गुल्मी उद्योग बाणिज्य संघले आफूलाई समावेशी गरोउने थालनीको अभ्यास भने यो २१औँ साधारणसभाबाट गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग