Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपतीलाई रिडी घुमाउन एलडीओको अध्यक्षतामा १०१ जनाको ब्यबस्थापन समिती

Published on 4:39:00 AM //


रुरु नेटवर्क
रिडी,पौष३। रुरु क्षेत्र बिकास समितीको आयोजनामा राष्ट्रपती रामबरण यादवलाई यही माघ १ गते माघे संक्रान्ती मेलाको अबसर पारेर रिडी भ्रमण गराउने सम्बन्धमामा मंगलवार रुरु गाउँ बिकास समितीको भवनमा छलफल सम्पन भएको छ ।
गुल्मी तथा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी तथा राजनैतीक दलका प्रतीनिधीहरुको उपस्थितीमा बसेको सर्बपक्षीय भेलाले १०१ सदस्यिय राष्ट्रपतीको भ्रमण ब्यबस्थापन समिती गठन गरेको छ ।
गुल्मी जिल्लाका स्थानिय बिकास अधिकारी हरी ज्ञवालीको अध्यक्षतामा गठित समितीमा गुल्मी,पाल्पा र स्याङ्जा जिल्लाका प्र.जी.अ.हरु स्थानिय बिकास अधिकारीहरु, तिनै जिल्लाका पूर्व सभासदहरु, रुरु, अर्गली र चण्डीभन्ज्याङ गाबिसका पूर्व अध्यक्षहरु तथा सचिबहरु रहेका छन । त्यसैगरी अन्य सामाजिक ब्यक्तीत्वहरुको पनि छनौट गरी १०१ सदस्यिय समितीको गठन गरिने भएको छ । नब गठित समितीले राष्ट्रपतीले भ्रमण गर्ने वा नगर्ने भन्ने कुराको टुङो लगाए पछी समितीको मातहतमा रहने गरी अन्य उपसमितीहरुको गठन गर्ने भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग