Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुष्पाले जितिन् ‘सीएनएन हिरो २०१२’ (भिडियोसहित)

Published on 12:22:00 PM //

१८ मंसिर, काठमाण्डौ । जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।
सीएनएनले सवै प्रतिस्पर्धीलाई जनही ५० हजार डलर पनि दिएको छ । यो सँगै पुष्पाले आफनो अभियानका लागि ३ लाख डलर अर्थात करिव २ करोड ६४ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।
उपाधि लिन स्टेजमा पुग्दा पुष्पा भावबिभोर  थिइन् । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।’

नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।
हेरौँ भिडियो: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग