Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञको उधारो दान उठाउन घरघर हिंड्यो रेसुङ्गा क्याम्पस

Published on 7:13:00 PM //


अनिल खत्री
गुल्मी, मंसिर १८ ।  गएको कार्तिक १५ देखि २२ गते सम्म रेसुङ्गा बहुमुखी क्याम्पसले संञ्चालन महायज्ञ सम्पन्न पश्चात पनि महायज्ञमा उठ्न बाँकी रकम सङ्कलन गर्न तम्घास नगरमा पर्ने घरहरुमा घरदैलो अभियानलाइ क्याम्पसले तिब्रताका साथ संञ्चालनमा गरेको छ ।
आइतबार तम्घासको वाड नंम्बर १ बाट सुरु गरिएको घरदैलो अभियान तम्घासका ९ वाड र तम्घासका जोडिएका गाबिसहरुमा समेत पुग्ने क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले जानकारी दिनुभयो । अभियानमा तम्घासको बजार तथा बाटोमा घर पर्ने हरुका लागी न्युनतम ५हजार र भित्री बाटोमा पर्ने घरहरुको लागी ३ हजार र तमघासमै घडेरीहुनेहरुका लागी न्युनतम २ हजार सहयोग रकम तो किएको र कसैले सो इच्छा अनुसार बढी दिनचाहे उहाहरुकै इच्छाअनुसार रकम उठाउदै हिडेको पन्थीले जानकारी दिनुभयो । कार्तिक १५ देखि २२ सम्म संञ्चालन भएको महायज्ञमा ३ करोड भन्दा बढी रकम संकलन भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग