Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लैङ्गिक विभेद विरुद्ध उजुरी गर्न आउनेले गरिन् फेरी जातिय विभेद

Published on 5:54:00 PM //


प्रेम सुनार
मंसिर २२, गुल्मी । यो समाजको सोच र ब्यबहार यस्तो छ कि एकथरी अर्कोबाट विभेद र उपेक्षित भएको भन्दै न्याय खोज्न आउँछन् भने उनैले फेरी अरुलाई विभेद र उपेक्षा गरिरहेका हुन्छन् ।
त्यसको पछिल्लो उदाहरण हो हालै तम्घासमा स्थापना गरिएको हिंसा पिडित महिलाहरुको पुनःस्थापना केन्द्रमै जातिय विभेद ।
२३ वर्ष अघिदेखि श्रीमानले कान्छि श्रीमति ल्याई खान बस्न नदिएकको भन्दै मन्दिरमा आश्रय लिएकी ग्वाघा गाविसकी विष्णुदेवी कार्कीलाई जिल्लाका महिला अधिकारकर्मीहरुले पुनः स्थापना केन्द्रमा राखेर न्याय दिलाउन थालेका थिए । त्यही क्रममा विशुखर्क गाविसबाट श्रीमानबाटै पिडित दलित महिला तारा परियार पनि न्याय खोज्न आईन र उनलाई पनि महिला नेतृहरुले पुन: स्थापना केन्द्रमै राखे ।
जव ति दलित महिलसंगै पकाएर खान बस्न पर्ने भएपछि विष्णु कार्की पुनः स्थापना केन्द्र छाडेर हिडिन । केन्द्रकी अध्यक्ष सिर्जना तरामुले भनिन ‘विशुखर्ककी दलित महिला लिएर राखेपछि ग्वाघाकी पिडित महिला विष्णु केन्द्रै छाडेर हिडिन् । सार्वजानिक स्थान पुनः स्थापना केन्द्रमै जातिय विभेद गर्ने यस्ता संकुचित महिलाहरुले आफुमा भएको लैङ्गिक विभेदबाट भने कहिले र कसरी मुक्ति पाउलान् ? भन्ने चिन्ता बढेको छ । केन्द्रकी अध्यक्ष तरामु भन्छिन् धर्मकर्मका नाममा त्यस्तो विभेद गर्न दिईदैन् बसे बसुन्, गए जाउन् । यसरी समाजमा जगडिएको विभिन्न प्रकारको विभेदी मानसिकता कायम रहेसम्म कोही न कोही कुनै न कुनैबाट उपेक्षा सहनै पर्ने देखिन्छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग