Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्माण व्याबसायीद्वारा विरामीलाई फलफूल वितरण (फोटो फिचर)

Published on 5:45:00 PM //

भरत पाण्डेय
गुल्मी २२ मंसिर । बिहीबार राष्ट्रिय निर्माण दिवस । निर्माण व्याबसायी संघ गुल्मीले निर्माण दिवसको अवसरमा जिल्ला अस्पत्ताल तम्घासका विरामीलाई फलफूल वितरण गरेको छ । निर्माण व्याबसायी संघ गुल्मीका कार्यबाहक अध्यक्ष गणेश तङ्गनामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी निर्माण व्याबसायी संघका पूर्व क्षेत्रीय उपाध्यक्ष बाल सिँ काउछा, निर्माण व्याबसयी संघ गुल्मीका सचिव हरी कुमार श्रेष्ठ, कोषध्यक्ष प्रितम काउछा, तम्घास अस्पत्तालका डाक्टर, तम्घास अस्पत्तालका पूर्व अध्यक्ष शेर बहादुर थापा लगायतले फलफूल वितरण गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले विरामीको स्वास्थ्यअबस्थाको बारेमा जानकारी लिनुका साथै मौसमअनुसार स्वास्थ्यमा ध्यान दिन पनि सुझाव दिनुभएको थियो ।
फलफूल वितरण गर्दैै निर्माण व्याबसायी संघ गुल्मीका कोषध्यक्ष प्रितम काउछा ।
फलफूल वितरण गर्दैै निर्माण व्याबसायी संघ गुल्मीका सचिव हरी कुमार श्रेष्ठ ।
फलफूल वितरण गर्दैै तम्घास अस्पत्तालका डाक्टर ।
फलफूल वितरण गर्दैै व्याबसायी संघका कार्यबाहक अध्यक्ष गणेश तङ्गनामी ।
फलफूल वितरण गर्दैै व्याबसायी संघका पूर्व क्षेत्रीय उपाध्यक्ष बालसिँ काउछा ।
माथिका सम्पूर्ण तस्बिरहरु भरत पाण्डेयले खिच्नुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग