Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोली हानेर कान्छी श्रीमतिको हत्या गरी आफ्नै घाँटीमा गोली

Published on 7:13:00 PM //


दिपक ओली
कैलाल, १७ मंसिर । कैलाली जिल्लाको सहजपुर–२ मा तिलक सारुमगरले आफ्नी कान्छी पत्नीलाई भरुवा बन्दुक प्रहार गरेर हत्या गरेका छ ।
शनिबार राति २१ वर्षीया पत्नी कोपिला सारुमगरसँगको सामान्य विवाद पछि २४ वर्षीय तिलकले गोली प्रहार गरेर हत्या गरेका हुन् ।
भरुवा बन्दुकले पत्नीलाई गोली हाने पछि उनले आफैलाई घाँटीमा गोली प्रहार गरेर आत्महत्याको प्रयास गरेका थिए । तिलकको अवस्था गम्भीर छ ।
तिलकका दुई पत्नी थिए । उनले कान्छी पत्नीलाई गोली हानेर हत्या गरेको कैलाली प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले जानकारी दिए ।
सौर्य दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग