Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा १० महिनामा ७ बलात्कारका घटना, दोषीलाई भएन कारवाही

Published on 3:53:00 PM //


गुल्मी, १७ मंसिर । पीडक कारबाहीको दायरामा नआउँदा गुल्मीमा बलात्कारका घटना बढेका छन् ।
पछिल्लो १० महिनामा सात बलात्कारका घटना भएका छन् । आधा दर्जनभन्दा बढी बलात्कारका घटनामा पीडकले सफाइ पाएका कारण पनि यौन अपराध बढेको पाइएको छ । करणीका अभियुक्तहरू सामान्य तारेखमा रिहा भएका थिए । तीमध्ये ४ अभियुक्तले त सफाइ पाइसकेका छन् ।
धुर्कोट रजस्थल–६ की ७ वर्षीया बालिका गाउँकै चन्द्रबहादुर विश्वकर्माद्वारा  ११ वैशाख ०६९ मा बलात्कृत    भएकी थिइन् । अनुसन्धानपश्चात् न्यायाधीश कृष्णराम कोइरालाको आदेशबाट अभियुक्त ३१ वैशाख ०६९ मा साधारण तारेखमा रिहा भए ।
त्यस्तै, दर्लामचौर–८ ठाडढुंगाकी ८ वर्षीया बालिका गाउँकै १२ वर्षीय बालकद्वारा यौन दुव्र्यवहारमा परे । जिल्ला अदालतले बालकलाई पनि सामान्य तारेखमा रिहाको आदेश दियो । अमरपुर–२ की ७ वर्षीया बालिकालाई १६ वर्षीय ओमबहादुर कुमालले बलात्कार गरेपछि जबर्जस्ती करणी उद्योग दर्ता भए पनि अदालतले सामान्य तारेखमा रिहा गर्‍यो ।
यस्तै, बिरबास–५ भोटेचौरमा खेलिरहेकी ६ वर्षीया बालिका १४ वर्षीय बालकद्वारा १४ पुस ०६८ मा बलात्कृत भइन् । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिए । उजुरीका आधारमा आरोपितलाई १५ पुस ०६८ मा अदालत पेस गरिएपछि उनी पनि सामान्य तारेखमा रिहा भए ।
जिल्लामा भएका अधिकांश बलात्कारका घटनामा बालिका परेका छन् भने पीडकहरू सामान्य तारेखमा रिहा हुँदा करणीका घटना झन् बढेर गएको पाइएको छ ।
सौर्य दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग