Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा उच्च माबी बनाउन तीन भाईले दिने भए एक करोड

Published on 12:52:00 AM //


रासस
धुर्कोट (गुल्मी), मंसिर २९ । गाउँमा उच्चमावि नहुँदा समस्या भएपछि स्थानीय एक परिवारले एक करोड रुपैयाँ सहयोग गर्नेभएको छ ।

मुसिकोट गाविसमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई उच्चमावि बनाउन मुसिकोट-८ का ईश्वरीप्रसाद घिमिरेका छोराहरु तोयानाथ घिमिरे, कृष्णप्रसाद घिमिरे र पशुपति घिमिरेले संयुक्तरुपमा एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएका हुन् ।

नजिकमा उच्चमावि नहुँदा त्यस आसपासका विद्यार्थीलाई छिमेकी गाविसमा जानुपर्ने बाध्यता भएपछि सहयोग गर्न लागेको घिमिरे परिवारको भनाइ छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग