Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१६ विद्यालय गाभिए

Published on 12:51:00 AM //


गुल्मी , मंसिर २८ । शिक्षा विभागले निर्देशन गरेको १६ महिनापछि शिक्षा कार्यालयले शिक्षक दरबन्दी मिलान गरेको छ । दरबन्दी मिलानमा पेसागत संगठन, राजनीतिक दल र कार्यालयबीच सहमति हुन नसक्दा दरबन्दी मिलान प्रभावित थियो । म्याद सकिएको नौ वर्षपछि गत पुसमा राजनीतिक सहमतिका आधारमा शिक्षा समिति गठन भएको थियो । संगठन र दलहरूको सहमतिपछि समितिले गठन गरेको कार्यदलले निरन्तर आठ महिनाको प्रयासपछि दरबन्दी मिलान गरेको हो ।

दरबन्दी मिलान कार्यदलका संयोजक भोजबहादुर केसीका अनुसार जिल्लाका सबै विद्यालयमा ५ सय ७० शिक्षक नपुग देखिएका छन् । कार्यदलले तयार गरेको प्रतिवेदनले प्रावि, निमावि र मावि तीन वटै तहमा शिक्षक अपुग देखाएको हो ।

जिल्लाभरका ८ सय ४१ विद्यालयमा ७१ हजार ६ सय विद्यार्थी छन् । 'दरबन्दी मिलान क्रममा प्राविमा १ सय ९ र निमावि तथा माविमा ३० शिक्षक सरुवा गरिएको छ,' संयोजक केसीले भने, 'दरबन्दी मिलान क्रममा विद्यार्थी संख्या कम भएका १६ विद्यालय अर्को विद्यालयमा गाभिएका छन् ।' जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले प्राविमा ५४, निमाविमा ३ सय १४ र माविमा २ सय १९ थप शिक्षक दरबन्दी आवश्यक देखिएको बताए ।
-कान्तिपुर दैनिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग