Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरबाट साईकल लिएर निस्केका बालक दश दिन देखी बेपत्ता

Published on 5:26:00 AM //

अनिल खत्री
बुटवल, मंसिर २४ । रुपन्देहीको पर्रोहा रानीबगियाका एक बालक दश दिनदेखि बेपत्ता छन् । यही मंसिर १५ गते घरबाट साईकलमा निस्किएका १३ वर्षीय बालक पुरुषोत्तम घिमिरे नौं दिनदेखि परिवारको सम्पर्कमा नरहेका हुन् ।
उनी स्थानीय सैनामैना मेमोरियल इङ्लिस बोडिङ स्कूलको कक्षा ७ का विद्यार्थी हुन् । मंसिर १५ गतेबाट निरन्तर खोजी गरिए पनि उनको अवस्था थाहा हुन सकेको आमा कोपिला घिमिरेले बताउनुभयो । गत १५ गते बिहान  साढे ८ बजे साईकलमा घरबाट निस्केका पुरुषोत्तम  घर नआएपछि परिवारले खोजी सुरु गरेको हो । कोपिलाका दुई छोरा मध्ये पुरुषोत्तम जेठा हुन् । उनको खोजीमा सहयोग गर्न परिवारले प्रहरी–प्रशासन, मानवअधिकारवादी संघ–संगठन, सञ्चारकर्मीलगायत सबैलाई आग्रह गरेको छ । दश दिनदेखि उनको अवस्था अज्ञात भएपछि परिवार चिन्तामा डुबेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग